दाङ, जेठ ९ । पूर्वी रुकुमका स्थानीय यार्सागुम्बा खोज्न लेकतिर जान थालेका छन् । यही जेठ १० गतेदेखि यार्सागुम्बा सङ्कलन शुरू हुने भएका कारण स्थानीय लेकतिर लागेका हुन् ।
हरेक वर्ष करीब २ महीनासम्म रुकुम जिल्लाको पाटन तथा बुकीहरूमा कडा परिश्रम गरेर लाखौं आम्दानी गर्न जिल्लाका सर्वसाधारणहरू लेकतिर जाने गर्दछन् । जिल्लाको पुथाउत्तरगङ्गा, सिस्ने र भुमे गाउँपालिकाका स्थानीय घरमा ताला लगाएर लेक जाने गर्दछन् । स्थानीय विद्यालय पनि २ महीनाका लागि बन्द भइसकेका छन् ।
पूर्वी रुकुमको साबिकको रन्मामैकोट गाविसका पुपाल, पुर्वाङखोला, अर्विजा, भित्रखोला, फूलबारी, घोराँह, जङ्गला थाङ्गे र तकसेरा गाविसका रामाजीमा र तारावाङ क्षेत्रहरूमा यार्सागुम्बा पाइने गर्दछ । रुकुम तकसेरा–३ की सूर्यकुमारी बुढा दूधे बालक च्यापी लेकतिर लागेकी छिन् । उनले यस वर्ष यार्सागुम्बा टिपेर ५ लाख रुपैयाँ कमाउने सपना बोकेर २ महीनालाई चाहिने सम्पूर्ण खाद्यान्नसहित लेकतिर लागेकी हुन् ।
उनी मात्र होइन, रुकुम जिल्ला र आसपासका स्थानीय बुकी तथा पाटनहरूमा जाने गरेका छन् । पूर्वी रुकुमका जनताको आयआर्जनको मुख्य स्रोत यार्सागुम्बा नै हो । यार्सागुम्बा असारको अन्तिम सातासम्म हुने भएकाले २ महीनालाई औषधि, कपडा र खाद्यान्न बोकेर सर्वसाधारण लेकतिर लागेका छन् । गतवर्ष १५ लाख रुपैयाँमा कारोबार भएको यार्सागुम्बाको मूल्य यसपालि बढ्ने व्यापारीहरू बताउँछन् । लेक तथा पाटनहरूमा व्यापारीहरूसमेत पुगिसकेका छन् ।
यसपालि हिउँदमा लेक तथा पाटनहरूमा हिउँ परेकाले यार्सागुम्बाको सम्भावना राम्रो भएको आठबीसको नगरपालिका–४ का शङ्कर परियारले बताए । यार्सागुम्बा असारको अन्तिम महीनासम्म हुने भएकाले २ महीनालाई औषधि, कपडा र खाद्यान्न बोकेर सर्वसाधारण लेकतिर लागेका हुन् ।
यार्सागुम्बा टिप्न छिमेकी जिल्ला दाङ, बाँके, सल्यान, जाजरकोटलगायतका सर्वसाधारण रुकुमको पाटनतिर जाने गर्दछन् । दोस्रो चरणको निर्वाचनअन्तर्गत रुकुमको सिस्ने, पुथाउत्तरगङ्गा र भुमे गाउँपालिकामा स्थानीय तहको निर्वाचन आगामी जेठ ३१ गते तोकिए पनि स्थानीय यार्सा खोज्न लेकतिर लागेका छन् ।
अभियानबाट