मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

रोल्पा, कार्तिक २८ । जिल्ला कारागार शाखा रोल्पामा चार नाबालक आमासँगै कैदी झैँ जेल जीवन बिताउन बाध्य रहेका छन् ।

विभिन्न अभियोगमा जेल जीवन बिताइरहेका चार महिला कैदीले आफ्ना ती नाबालकलाई कारागारमा आफूसँगै राख्न बाध्य भएका छन् । यसरी कारागारमा कैद जीवन बिताउने बालबालिकामा रुकुमकी मीरा विक, रोल्पा इरिवाङका हुकुम पुन, थवाङका शक्तिमान पुन र थवाङकै आशा परियार रहेको कैदी हुकुम बुढाले बताउनुभयो ।

छोरी पढाउन दाङ कारगारमा सरुवा मागेको भए पनि रोल्पा सरुवा गरेका कारण छोरीको भविष्य अन्धकार भएकामा दुखेसो पोखिन् रुकुम घर भएकी कैदी लगन विकले । आमा अपराधमा संलग्न भएपछि बालबालिकाको घरमा रेखदेख गर्ने मान्छे नहुँदा उनीहरू जेलमा बस्न बाध्य हुँदै आएको बताइन्छ ।

पाँच वर्षमुनिका यी बालबालिका शिक्षा आर्जन गर्ने नैसर्गिक अधिकारबाट वञ्चित हुनु मानव अधिकारको गम्भीर उल्लङ्घन भएको महिला मानव अधिकार रक्षकहरूको जिल्ला सञ्जाल रोल्पाका अध्यक्ष तीर्था आचार्यले बताउनुभयो ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post