अनन्त आरसी,
दाङ, मंसिर ६ । डिभिजन सहकारी कार्यालय दाङको आयोजनमा मिति २०७३ मंसिर २ देखि ४ गतेसम्म हाँसिपुर–९ गोठिवन दाङमा सञ्चालित ३ दिने सहकारी सचेतना तथा वित्तीय साक्षरता तालिम एक कार्यक्रमका बीच सम्पन्न भएको छ । सहकारी अधिकृत विनोदकुमार पौडेलको अध्यक्षतामा भएको समापन कार्यक्रम भएको थियो ।
कार्यक्रममा जनहित महिला बचत तथा ऋण सहकारी संस्था लि. हाँसिपुरका अध्यक्ष रीमा डाँगी, कस्तुरी कृषि सहकारी संस्था लि. गोठिवनका अध्यक्ष भिमबहादुर खत्री, बृक्ष कृषि सहकारी संस्था लि. बिर्खेका अध्यक्ष रेशमान थापा मगर, नवदीप कृषि सहकारी संस्था लि.का अध्यक्ष दीपेन्द्र घर्ती मगरले तालिममा सिकेका ज्ञान, सीप अनुसार सहकारी संस्थालाई व्यवस्थापन गरी सदस्यहरुको आर्थिक, सामाजिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्न आफूहरु लागि पर्ने विचार व्यक्त गर्नुभएको थियो ।
समापन कार्यक्रमको सहजीकरण सहकारी निरिक्षक चन्द्रबहादुर केसीले गर्नुभएको थियो । तालिममा जम्मा २७ जनाको सहभागिता थियो, भने तालिम प्रशिक्षकहरुमा सहकारी अधिकृत विनोद पौडेल र सहकारी निरीक्षक चन्द्रबहादुर केसी हुनुहुन्थ्यो ।