दिपक जिएम,
दाङ, मंसिर ६ । असहाय बालबालिकाहरुको शैक्षिक सहयोगार्थ प्रकाशित पुनरागमन उपन्यासको दीपज्योति नर्सिङ कलेज घोराहीमा चर्चा गरिएको छ । नर्सिङ विषय लिएर पढिरहेका विद्यार्थीहरुको माझमा सविन प्रियासनको उपन्यास पुनरागमनको चर्चा चर्चा गरिएको हो ।
कलेजका प्रिन्सिपल विष्णु भुजेलको अध्यक्षता तथा प्याव्सन दाङका अध्यक्ष यादव गिरीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा कवि नवीन अभिलाषीले पुनरागमन उपन्यासले सामाजिक, विकास, रुपान्तरण र परिवर्तनका लागि आफूलाई जुझारु रुपमा लाग्न प्रेरित गर्ने बताउनुभयो । एउटा महिला पत्रकारले आफ्नो जीवनमा भोग्नुपरेका दुःखद् र सफलता प्राप्त गर्नका लागि झेल्नु परेको पीडाहरुको कथा रहेको भन्दै उपन्यासले जीवनमा सधैँ उर्जा र प्रेरणा दिने बताउनुभयो ।
साथै कार्यक्रमका प्रमुख अतिथि प्याव्सन दाङका अध्यक्ष यादव गिरीले प्रियासन निरन्तर रुपमा क्रियाशील हुने सशक्त साहित्यकार भएकाले उहाँकोे लेखाईले समाज परिवर्तनमा महत्वपूर्ण भुमिका खेल्ने बताउनुभयो । प्रियासन आफै सामाजिक परिवर्तनको अगुवा भएर काम गर्ने अभियन्ता भएकाले पनि सामाजिक विषयलाई कसरी उपन्यासमा समावेश गर्नुपर्छ भन्ने ज्ञान राम्रो भएको उहाँले औंल्याउनुभयो ।
कार्यक्रममा उपन्यासकार सविन प्रियासनले समाजको पीडा देखेर आफू लेखनको क्षेत्रमा आएको बताउनुभयो । जीवनमा पैसा मात्र सबै थोक हैन रहेछ भन्ने जानेर आफू ईञ्जिनियरिङ क्षेत्रबाट साहित्यको क्षेत्रमा आएको बताउनुभयो । अहिले पनि सामाजिक विषय र आफ्नै जीवनको भोगाईलाई कसरी समाज परिवर्तनको क्षेत्रमा लगाउन सकिन्छ भन्ने विषयमा आफूले कलम चलाउँदै आएको बताउनुभयो ।
कार्यक्रममा कलेजका प्रिन्सिपल विष्णु भुजेलले प्रियासनको भनाईबाट महिलामाथिको दमनलाई उपन्यासमा उल्लेख गरेको, आफ्ना भोगाईहरुलाई समाबेश गरिएकोलगायतका विषयले उपन्यास नर्सिङ विषय बढ्ने विद्यार्थीहरुका लागि महत्वपुर्ण किताब हुनसक्ने बताउनुभयो ।