दाङ, मंसिर ५ । तुलसीपुरबाट प्रशारण थालिएको रेडियो एस.टी.एन.को नियमित प्रशारण सुरु भएको छ । रेडियोले आजदेखि नियमित प्रशारण सुरु गरेको हो ।
राप्ती बोर्डकाष्टिङ प्रालिद्वारा सञ्चालित रेडियोको प्रेस काउन्सिलका अध्यक्ष नारायणप्रसाद शर्माले रेडियोको उद्घाटन गर्नुभएको हो । रेडियोको उद्घाटन गर्दै शर्माले जनताको बलिदानबाट प्राप्त लोकतन्त्र राजनीतिक दलको अकर्मन्यताका कारण धरापमा परेको बताउनुभयो । शर्माले लोकतन्त्र संस्थागत गर्न नसके मुलुकको अस्तित्व नै खतरामा पर्ने भएकाले सञ्चार माध्यमले राजनीतिक दललाई खबरदारी गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष डिल्लीबहादुर बस्नेत, प्रजातान्त्रिक उद्योग व्यापार संघका अध्यक्ष जनकप्रसाद खरालले राजनीतिक परिवर्तन भइसकेकाले अब आर्थिक परिवर्तनका लागि सञ्चार माध्यमले अहं भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।
प्रालिका अध्यक्ष दुर्गा गिरीको अध्यक्षतामा भएको रेडियो उद्घाटन समारोहलाई डा. घनश्याम डाँगी, नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका उपमहासचिव सुरेश हमाल, तुलसीपुर उद्योग वाणिज्य संघका कार्यवहाक अध्यक्ष सेवकराम भण्डारी, राप्ती बबई क्याम्पस तुलसीपुरका निमित्त प्रमुख गणेश पार्धे, माओवादी केन्द्रका सेशुराम भण्डारी, राप्रपाका छोटीलाल थारु, पत्रकार महासंघ दाङका सदस्य बालाराम खड्का, महिला अधिकारकर्मी सुष्मा गिरीलगायतकाले रेडियोको सफलताको शुभकामना दिनुभएको थियो । कार्यक्रमको सहजीकरण रेडियोका समाचार सम्पादक गोपाल शर्मा भट्टराईले गर्नुभएको थियो ।