दाङ, मंसिर २३ । दाङको घोराहीमा सञ्चालन हुने सातौं राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव–२०७३ को पहिलो दिन निकालिने शोभायात्रालाई व्यवस्थित बनाइने भएको छ । महोत्सव मुल आयोजक समितिले बुधबार घोराही विभिन्न टोल विकास संस्थाहरुसँग भएको छलफलमा शोभायात्रालाई व्यवस्थित बनाइने भएको हो ।
शोभायात्रा व्यवस्थापन समितिका संयोजक लालमणि भण्डारीको अध्यक्षता तथा नागरिक समाज दाङका सचिव चन्द्रराज पन्तको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा महोत्सव मुल आयोजक समितिअन्तर्गतको समन्वय समितिका मधुसुदन बैद्यलगायतको उपस्थिति रहेको थियो ।
साथै घोराहीस्थित विभिन्न टोल विकास संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागितामा भएको छलफलले विगतका महोत्सवमा निकालिएको शोभायात्राको समीक्षा गर्दै यो शैक्षिक महोत्सवको शोभायात्रालाई व्यवस्थित र सुन्दर बनाउने निर्णय भएको छ । शोभायात्राको दिनमा प्रत्येक घरमा कलशहरु राख्ने, सरसफाई गर्ने र प्रत्येक टोल विकास संस्थाले व्यानर बनाएर शोभायात्रामा सहभागी हुने निर्णय भएको महोत्सव मुल आयोजक समितिका संयोजक घनश्याम बरालले बताउनुभयो ।
शोभायात्रामा विभिन्न जातजाति, भाषाभाषी, धर्म समुदायका विभिन्न संस्थागत निकायहरु, टोल विकास संस्था, झाकी जुलुसहरुको समेत सहभागिता हुने महोत्सव मुल आयोजक समितिले बताएको छ ।