मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

दाङ, पुस २९ । मानपुर गाउँ विकास समितिको गाउँ परिषद् शुक्रबार सम्पन्न भएको छ । गाविस सचिव गेहराज पौडेलको अध्यक्षता एवं स्थानीय विकास अधिकारी कुलबहादुर जिसीको प्रमुख आतिथ्यतामा भएको गाउँ परिषद्ले २ करोड ८५ लाख ३० हजार बराबरको वजेट पारित गरेको छ ।

जसमध्ये पुँजीगत अनुदानतर्फ ७७ लाख ५५ हजार, त्यस्तै केन्द्रीय सञ्चालन अनुदानतर्फ ५ लाख ४५ हजार, आन्तरिक स्रोततर्फ १० लाख, जिविस अनुदानतर्फ १० लाख र सामाजिक सुरक्षातर्फ १ करोड ८२ लाख २८ हजार बजेट पारित गरेको गाविस सचिव पौडेलले जानकारी दिनु भयो ।

उक्त अवसरमा नेपाली कांगे्रसका घनश्याम रेग्मी, नेकपा एमालेका छविलाल वली, मावि मानपुरका प्रध्यानाध्यापक गिरिराज लम्साल, जनजाति सञ्जालका लवरु चौधरी, वडा सञ्जालकी ज्ञानु रावत, पूर्व गाविस अध्यक्ष गोविन्द मजगैयालगायतकाले बोल्नुभएको थियो । गाविस परिषद् सदस्य पशुपति शर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकण मानपुर गाविसका स्रोतव्यक्ति मुकुन्द रिजालले गर्नुभएको थियो ।

Abroad Study
«
Next
»
Previous