मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

दाङ, फागुण १६ । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङको तेस्रो अधिबेसन सम्पन्न भएको छ । कार्यक्रममा बोल्ने वक्ताहरुले साहित्य समाज रुपान्तरणको पहिलो आधार भएको बताएका छन् ।

साहित्य समाजलाई सापेक्षिक रुपमा अगाडि बढाउनका लागि सधैँ सहयोगी भुमिकामा देखिने गरेको भन्दै साहित्यले चेतना जागरणको काम गर्ने बताएका थिए । नेपाली साहित्यको धारमा दाङको साहित्यले अग्रणी भुमिका आफूलाई उभ्याएको भए पनि त्यसको प्रतिफल प्राप्त गर्नबाट भने दाङ सधैँ बञ्चित हुनुपरेको साहित्यकारहरुले गुनासो गरे ।

परिषद्का शाखा अध्यक्ष कमलमणी देवकोटाको अध्यक्षता तथा बरिष्ठ साहित्यकार गिरिराज शर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रमको अवसरमा संस्थापक अध्यक्ष नारायण गुरु, परिषद्का केन्द्रीय अध्यक्ष पुरुषोत्तम खनाललाई सम्मान गरिएको थियो, भने यज्ञबहादुर बुढाथोकी स्मृति कला, साहित्य, संगीत पुरस्कार २०७३ बाट संगीतकार सन्तोष श्रेष्ठलाई पुरस्कृत गरिएको थियो ।

साथै अधिबेसनले नयाँ नेतृत्व पनि चयन गरेको छ । अधिबेसनले परिषद्को अध्यक्षमा पुनः कमलमणी देवकोटालाई चयन गरेको हो । जस्को उपाध्यक्षमा नगेन्द्र गुरु, सचिवमा शारदा शर्मा, सहसचिवमा छविलाल कोपिला, कोषाध्यक्षमा गोपाल भुसाल रहनु भएको छ भने सदस्यहरुमा प्रकाश केसी, मोहन कुमार दाहाल, आशिष कल्पबृक्ष, प्रद्युम्न प्रोख्रेल, केपी शर्मा एकल, प्रबल विष्ट, कमला रिजाल, मनिस सेढाई चयन हुनुभएको छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन, प्रेस स्वतन्त्रता सेनानी सुशील गौतम, प्रगतिशील लेखक संघका अध्यक्ष शरद अधिकारी, राप्ती साहित्य परिषद्का बरिष्ठ उपाध्यक्ष टीकाराम उदासी, प्रलेसका जिल्ला सचिव खगेश्वर भण्डारी, संगीतकार सन्तोष श्रेष्ठलगायतले बोल्नु भएको थियो । सो अवसरमा राप्ती साहित्य परिषद्ले वार्षिकरुपमा प्रकाशन गर्दै आएको मुखपत्र साहित्यपुञ्जको पनि विमोचन गरिएको थियो ।

Abroad Study
«
Next
»
Previous