मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

दाङ, फागुण १६ । नेपाल पत्रकार महासंघ दाङ शाखामा फ्री वाइफाई जोनको व्यवस्था गरिएको छ । नेपाल पत्रकार महासंघ दाङको दशौंै अधिवेसनबाट निर्वाचित सविन प्रियासन नेतृत्वको कार्यसमितिले पत्रकार महासंघ दाङमा फ्र्री वाइफाई जोनको व्यवस्था गरेको हो ।

नवनिर्वाचित अध्यक्ष प्रियासनले फ्री वाइफाई आजबाट सुरु भएको पत्रकार महासंघलाई प्रविधियुक्त बनाउने उद्देश्यले फ्री वाइफाई जोनको व्यवस्था गरिएकोे उहाँले बताउनुभयो । फ्री वाइफाई जडानसँगै महासंघमा २४ सै घण्टा इन्टरनेटको सुविधा हुने भएको छ । वल्ड लिङ्कको सौजन्यमा पत्रकार महासंघलाई निःशुल्क रुपमा फ्री वाइफाई जडान गरिएको छ । वल्ड लिङ्कका शाखा प्रबन्धक आकास सापकोटा र महासंघका अध्यक्ष प्रियासन बीच फ्री वाइफाई जडान गर्ने सहमति भएको थियो ।

२ एमविपिएस क्षमताको अनलिमिटेड फ्री वाइफाई महासंघमा निशुल्क रुपमा जडान गरिएको शाखा प्रबन्धक सापकोटाले जानकारी दिनुभयो । तुलसीराम परियार नेतृत्वको आएको प्राविधिक टोलीले महासंघमा वाइफाई जडान गरेको हो ।

Abroad Study
«
Next
»
Previous