दाङ, फागुण १६ । नेकपा एमाले धर्ना गाउँ कमिटिले धर्नामा घरदैलो अभियान सुरु गरेको छ । घरदैलो अभियानको सोमबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ ।
एमाले दाङको संगठन सुदृढिकरण अभियानअन्तर्गत जिल्लाभरि सुरु गरेको घरदैलो अभियान धर्नामा पनि सञ्चालन भएको हो । जनपरिचालन संयोजक डिल्ली नेपालीको अध्यक्षता एवं नेकपा एमाले दाङका पूर्व अध्यक्ष लक्ष्मण आचार्यको प्रमुख आतिथ्यता तथा एमालेका जिल्ला सदस्यद्वय केशव न्यौपाने र गेहेन्द्र बस्नेतको विशिष्ट आतिथ्यतामा घरदैलो कार्यक्रमको उद्घाटन गरिएको थियो ।
उपसचिव अमित शर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा गाउँ कमिटीका पूर्व अध्यक्ष भिमकान्त दाहाल, उपाध्यक्ष वसन्ती महरालगायतकाले बोल्नुभएको थियो । धर्ना गाविस वडानम्वर–१ धारपानीबाट सुरु भएको घरदैलो अभियान फागुन २१ गतेसम्म सञ्चालन हुनेछ ।