दाङ, फागुण १७ । खानेपानी तथा ढल निकास विभागका महानिर्देशक तेजराज भट्टले सन् २०१७ सम्म आधारभुत स्तरको राष्ट्रिय सरसफाई अभियान पुरा गर्ने लक्ष्य राखिएको बताउनुभएको छ । जीवनका लागि पानी मौलिक हकअन्तर्गत पर्ने बताउँदै उहाँले सबै उपभोक्तालाई आधारभूत पानीको पहुँच सम्म पु¥याउनका लागि देशभर मास्टर प्लानको योजना अघि सारेको उहाँले बताउनुभयो ।
‘हाम्रो देश जल सोतको हिसाबले धनि देश हो । तर, सबै उपभोक्ताले आधारभुत स्तरको पानी पाउन सकेका छैनन्’, महानिर्देशक भट्टले भन्नुभयो । विभागले राष्ट्रिय सरसफाई अभियानको लक्ष्य पुरा गर्नका लागि एक घर एक धाराको रणनीति अघि सारे पनि त्यो पूर्ण रुपमा लागु हुन नसकेको उहाँले बताउनुभयो । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्था तुलसीपुरको १५ आंै कार्यपरिषद बैठक तथा १० आंै अधिवेसन समारोहको मंगलबार तुलसीपुरमा उद्घाटन गर्दै महानिर्देशक भट्टले यस्तो बताउनु भएको हो ।