देविराम कुसारी,
गोल्टाकुरी, चैत १८ । द्वन्द्वपीडितका पीडालाई कम गरी विकासको गतिमा लैजानका लागि शान्ति र पुनःमिलन आवश्यक भएको दाङका द्वन्द्वपीडितले बताएका छन् । युद्धकाल तथा विभिन्न आन्दोलनमा ज्यान गुमाएका पीडितहरुका आफन्तले आफ्नो पीडा कहिले पनि नसकिने भए पनि काम गर्न सकिने भन्दै त्यसका लागि शान्ति र पुनः मिलनको आवश्यक भएको बताएका हुन् ।
‘हामीले श्रीमान गुमाएको पीडा त कहिले बिर्सिदैनौं, तर पीडा कम गर्ने हो’, गोल्टाकुरीकी द्वन्द्वपीडित सीता बस्नेतले भन्नुभयो, ‘त्यसका लागि शान्ति र पुनःमिलन कार्यक्रम आवश्यक छ । नेपाल महिला सामुदायिक सेवा केन्द्र घोराही र नागरिक आवाज ललितपुरको साझेदारीमा सञ्चालित परिवर्तनका संवाहक शान्ति र पुनःमिलाप कार्यक्रमको आभिमुखीकरण गोष्ठीमा सहभागी भएका द्वन्द्वपीडित तथा अन्य सहभागीले पछिल्लो समयमा कार्यक्रमको औचित्य अझ बढी भएको बताएका थिए ।
कार्यक्रममा बोल्दै द्वन्द्वपीडित गीता पौडेलले समय बित्दै जाँदा सरकारका काम अरु नै महत्वपूर्ण बन्दै जाने र द्वन्द्वपीडितका समस्या ओझेलमा पर्ने भएको भन्दै यो समयमा परिवर्तनका संवाहक शान्ति र पुनःमिलाप कार्यक्रमको अझ बढी महत्व भएको बताउनु भयो । नेपाल महिला सामुदायिक सेवा केन्द्र घोराहीका सचिव कल्पना न्यौपानेको अध्यक्षता तथा दंगीशरण गाउँपालिका वडानम्वर १ र २ का सचिव ज्ञानबहादुर केसीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विशिष्ट अतिथि स्वास्थ्य चौकी गोल्टाकुरीका प्रमुख मोहन शर्मा, नेपाली काँग्रेसका गीता पौडेल, एमालेका चित्रलाल चौधरी, माओवादी केन्द्रका धनविर चौधरी, फोरम लोकतान्त्रिकका झरेन्द्र केसी, राप्रपाका नोखीराम खत्री, नयाँ शक्तिका रुपलाल राना, मालेका रेशमबहादुर चौधरीलगायतले सुझाव दिनुभएको थियो ।
संस्थाका मनो सामाजिक विमर्षकर्ता लक्ष्मी ढकालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा महिला अधिकारकर्मी, विष्णु गौतम, महिला सञ्जालका अध्यक्ष पवित्रा डाँगी, नागरिक सचेतना केन्द्रका संगिता धौलाकोटी, वडा नागरिक मञ्चका संयोजकलगायतका सुझाव राख्नुभएको थियो । संस्थाका कार्यक्रम संयोजक लोकमणी रेग्मीले विषय प्रवेश गराउनु् भएको कार्यक्रमको सहजीकरण शान्ति दुत देविराम कुसारीले गर्नुभएको थियो ।
यसैबीच परिवर्तनका सम्भावक शान्ति र पुनःमिलन कार्यक्रमका अभिमुखीकरण गोष्ठी साविक फूलवारी गाविसमा पनि सम्पन्न भएको छ । संस्थाका सचिज कल्पना न्यौपानेको अध्यक्षता तथा सामाजिक परिचालक गोविन्द सुवेदीको आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने सहभागीहरुले दिगो शान्ति र विकासका लागि पुनःमिलन आवश्यक हुने कुरामा जोड दिएका थिए । कार्यक्रममा स्थानीय शान्ति समितिका संयोजक देवबहादुर विक, नेपाली काँगे्रसका चुर्णबहादुर रिजाल, द्वन्द्वपीडित सन्ध्या वलीलगायतले बोल्नुभएको थियो ।