मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

घोराही, बैशाख १२ । दाङ महिला जेसीजको आयोजनामा सोमबार घोराहीमा रक्तदान गरिएको छ । जेसीज सप्ताहको दोस्रो दिन आयोजना गरिएको रक्तदानमा १० जनाले रक्तदान गरेका छन् ।

रक्तदान गर्नेहरुमा लक्ष्मी ढकाल, रोशन ज्ञवाली, ममता बिष्ट, माधवप्रसाद तिमिल्सिना, अनिस अधिकारी, रेखा शर्मा, सुशीला पौडेल, सन्तोष अधिकारी, मिनराज भाट र यज्ञबहादुर खड्का रहनुभएको छ । रक्तदानसँगै आयोजना गरिएको छलफल कार्यक्रममा बोल्ने वक्ताहरुले मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य भएको बताएका थिए । दाङ महिला जेसीजकी अध्यक्ष निरजा पोख्रेलको अध्यक्षता एवं रक्त सञ्चार केन्द्रका प्रमुख दिलिप न्यौपानेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

रक्तदान कार्यक्रम संयोजक नारायणी भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा नेपाल परिवार नियोजन संघका निवर्तमान सभापति बद्रिकुमार खड्का, ब्रह्मकुमारीय ईश्वरीय विश्वविद्यालयका माधव तिमिल्सिना, त्रिभुवननगर जेसीजका अध्यक्ष दीपक शर्मा, दाङ महिला जेसीजका संस्थापक अध्यक्ष निर्मला गौतम, पूर्व अध्यक्ष सुशीला पौडेल, सञ्जीता गौतमलगायतले रक्तदान नै जीवनदान भएको बताउनुभयो ।

कार्यक्रमको सहजीकरण दाङ महिला जेसीजका महासचिव शारदा घर्तीले गर्नुभएको थियो । जेसीज सप्ताह अन्तरगत मंगलबार दिउसो घोराहीमा स्थानीय निर्वाचनका विषयमा छलफल हुने भएको छ ।

Abroad Study
«
Next
»
Previous