मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

दाङ, चैत २८ गते । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान कार्यान्वनको पक्षमा लाग्न प्रमुख प्रतिपक्ष एमालेलाई आग्रह गर्नुभएको छ । सोमबार दाङको तुलसीपुरमा आयोजित चुनावी सभलाई सम्बोधन गर्दै सभापति देउवाले भन्नुभयो,‘मधेसमा बितन्डा मचाएर एमालेले संविधान कार्यान्वयनको वातावरण बिगारेको छ । एमालेकै कारण स्थानीय तहको निर्वाचनको वातावरण बिगर्ने खतरा बढेको छ ।’

‘कांग्रेसको नेतृत्वमा शान्ति र संविधान, कांग्रेसकै नेतृत्वमा समृद्धिको अभियान’ भन्ने मूल नारा तय गरेर कांग्रेसले सुरु गरेको चुनावी सभालाई सम्बोधन गर्नुहँुदै सभापति देउवाले एमालेको उग्र राष्ट्रवादका कारण मुलुकले लामो आन्दोलनपछि प्राप्त गरेको उपलब्धी गुम्नसक्ने आशंका गर्नुभयो । उहाँले भन्नुभयो, ‘मधेसीले पनि संयमता अपनाउनुपर्छ, आफ्नो हठलाई त्याग्नुपर्छ । संविधान संशोधन विना अधिकारबाट वञ्चित समुदायले अधिकार प्र्राप्त गर्न सक्दैनन् । मधेसी, आदिवासी जनजाति, दलितले अधिकार प्राप्त गर्नुपर्छ, त्यो अधिकार संविधान संशोधनबाट मात्र हुन्छ ।’

स्थानीय तहको निर्वाचनमा कांग्रेसले बिजय प्राप्त गर्नुपर्छ, त्यसका लागि पार्टीभित्र एकताको रहेको भन्दै सभापति देउवाले पार्टीका आधिकारिक उम्मेदवारलाई घात गर्नेलाई कारबाही गरिने समेत चेतावनी दिनुभयो । कार्यक्रममा बरिष्ठ नेता रामचन्द्र पौडेलले एमालेले कांग्रेसलाई लगाउँदै आएको आरोपको खण्ड गर्नु उपयुक्त नहुने बताउनुभयो । विना आधार र विना तुकका कुरा गर्दै एमाले हिडेको भन्दै उहाँले उसको आरोपको खण्डन गर्नुको कुनै अर्थ नहुने भएकाले एक ढिक्का भएर चुनावी अभियानमा लाग्न कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । ‘एमालेले नारा लगाउँदै हिड्छ । कांग्रेस काम गर्दै अगाडि बढ्छ’, पौडेलले भन्नुभयो, ‘नारा लगाएर जनतालाई झुक्याउनु भन्दा काम गरेर देखाउन एमालेलाई आग्रह गर्दछु ।’

सभामा महामन्त्री डाक्टर शशांक कोइरालाले कांग्रेस एक भएर चुनावमा जानुपर्ने बताउनुभयो । ‘अब कांगे्रेसले बागी उम्मेदवारका लागि उदारता देखाउदैन,जसले पार्टीलाई हराउन खोज्छ, त्यसलाई तत्काल सदस्यता खारेजी गरिन्छ’, महामन्त्री कोइरालाले भन्नुभयो । उक्त अवसरमा नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्ण सिटौलाले भन्नुभयो, ‘मधेसलाई भड्काएर राष्ट्रवाद हँुदैन । परिवर्तनलाई संस्थागत गर्न सबै जातजाति क्षेत्र र भूगोल एकबद्ध हुनुपर्छ । कुनै जातजाति र समुदायलाई भड्काएर राष्ट्रवाद पनि हँुदैन र उपलब्धी पनि संस्थागत हँुदैन ।’

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व सञ्चार मन्त्री डाक्टर मिरेन्द्र रिजाल, केन्द्रीय सदस्य एवं सिचाई मन्त्री दीपक गिरी, पार्वती डिसी चौधरीलगायतले बोल्नुभएको थियो । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले ७ वटै प्रदेशमा प्रदेशस्तरिय आम सभा सम्पन्न गर्ने निर्णय अनुसार आइतबार सुदुरपश्चिमको अत्तरियाबाट चुनावी सभा सुरु भएको थियो । अभियानको समापन वैशाख ५ गते झापामा हुनेछ ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post