दाङ, चैत २० । बाँकेको जानकी गाउँपालिका मानपुरबाट प्रहरीले ठूलो परिणाममा अवैध मानिएको जडिबुटी झ्याउ बरामद गरेको छ। क्षेत्रीय अनुसन्धान ब्युरोका प्रहरी निरीक्षक अरुणकुमार सिंह नेतृत्वको टोलीले आइतबार बिहान ठूलो परिणाममा झ्याउ बरामद गरेको हो।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वीरबहादुर थापाका अनुसार जानकी गाउँपालिका मानपुरस्थित गणेश मिलबाट ठूलो परिणाममा झ्याउ बरामद भएको हो। बरामद भएको सबै जडिबुटी जिल्ला वन कार्यालय बाँकेमा पठाउने तयारी भइरहेको छ।