मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

शंकर केसी, 
सल्यान, चैत २७ । लुहाम बजार प्रथम महोत्सव, कृषि प्रदर्शनी, पर्यटकीय तथा व्यापार मेला–२०७३ दुई दिन थप गरिएको छ । गत चैत १८ देखि सुरु भएको महोत्सव आज सकिने भनिएकोमा भोलि र पर्सि दुई दिन थप गरिएको हो ।

दर्शकहरुको माग र चाहना अनुसार २ दिन महोत्सव थप गरिएको महोत्सवका निर्देशक विराज विष्टले जनाउनुभएको छ । गाउँ वेशी सूचना केन्द्र सल्यानको मुख्य आयोजना र लुहाम बजार व्यवस्थापन समितिको सह आयोजनामा चलिरहेको महोत्सवको थपिएको दुई दिनमा सल्यानका दर्शकहरुले माग गरे अनुसार नेपाली चलचीत्र क्षेत्रका अभिनेता तथा चर्चित लोक दोहोरी गायक गायिकालाई बोलाइएको निर्देशक विष्टले जानकारी दिनुभयो ।

महोत्सवको १० औं दिन आज गायक गायिकाहरु भुमिका गिरी, तिलक ओली, प्रीति आले र दोभान सांस्कृतिक कला केन्द्र दाङका कलाकारहरुको विशेष प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post