मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

नवीन अभिलाषी,
दाङ, चैत २३ ।
जिल्लाको पहाडी क्षेत्र होडवाङमा रहेको एक विद्यालयको विकासका लागि भिक्टोरिया कलेजले ६ वर्षदेखि काम गर्दै आएको छ । यसक्षेत्रमै पहिलो पटक विविए कक्षा सञ्चालन गरेको घोराहीस्थित भिक्टोरिया कलेजले ६ वर्षदेखि घोराही उपमहानगरपालिका–१९ सैघाको होडवाङमा रहेको भगवती माविको विकासका लागि लगानी गर्दै आइरहेको छ । भिक्टोरिया कलेजका विद्यार्थीहरुले विभिन्न कार्यक्रमहरुबाट संकलन गरेको रकमबाट भगवती माविको विकासका लागि सहयोग गर्दै आइरहेका छन् ।

भिक्टोरिया कलेजमा अध्ययनरत फोकस ग्रुपका विद्यार्थीहरुले सैघाको होडवाङमै पुगेर सहयोग हस्तान्तरण तथा तीनदिने कार्यक्रम सम्पन्न गरेका छन् । विद्यालयलाई सहयोग जुटाउने क्रममा गत असोजदेखि विभिन्न काम गर्दै आएका विद्यार्थीहरुले एउटा ल्यापटप, प्रोजेक्टर, जेटेरेटर, खेलकुद तथा शैक्षिक सामग्रीहरु प्रदान गरेका छन् । कलेजमा अध्ययन गर्ने यस अगाडिका विद्यार्थीहरुले पुस्तकालय, विभिन्न खेलकुद सामग्री, कम्प्युटर, सोलारलगायतका सामग्रीहरु सहयोग गरेका थिए ।

भिक्टोरियाकै सहयोगबाट कम्प्युटर कक्षा सुरु गरेको विद्यालयको शिक्षण सिकाईलाई थप प्रभावकारी बनाउनका लागि ल्यापटप, प्रोजेक्टर, जेनेरेटरलगायतका सामग्रीहरु प्रदान गरेको कलेजका कार्यक्रम संयोजक केवि चौधरीले जानकारी दिनुभयो । कलेजकै सहयोगबाट विद्यालयले पुस्तकालय र कम्प्युटर शिक्षाको सुरुवात गरेको थियो । फेरि पनि कलेजकै सहयोगबाट विद्यालयले प्रोजेक्टरमार्फत् शिक्षण सिकाई क्रियाकलपा सञ्चालन गर्ने बताएको छ । कलेजले विद्यालयका लागि धेरै ठूलो सहयोग गरेको भन्दै पहिलेको तुलनामा विद्यालय र विद्यार्थीहरुको अवस्थामा व्यापक सुधार आएको विद्यालयका प्रधानाध्यापक देविराम घर्तीले जानकारी दिनुभयो ।

विद्यालयमा भौतिक पुर्वाधारहरु नभएको अवस्थामा कलेजको पहलमा शिक्षा कार्यालयले बजेट बिनियोजन गरी भवनहरु निर्माण हुन थालेको, विद्युत नभएको अवस्थामा समेत सोलार सहयोगले विद्युतिय सामग्रीहरु सञ्चालन गर्न सहज भएको र फेरि जेनेरेटर सहयोगबाट शिक्षण सिकाई क्रियाकपालमा ठूलो सहयोग भएको उहाँको भनाई छ । नयाँ मान्छे देखेपछि भाग्ने विद्यार्थीहरु अहिले कार्यक्रमहरु सञ्चालन गर्न सक्ने, आफ्ना मनमा लागेका कुराहरु व्यक्त गर्न सक्ने र प्रतिभाहरु देखाउन सक्ने भएको उहाँको भनाई छ ।

तीनदिने कार्यक्रमअन्तर्गत भिक्टोरिया कलेजका विद्यार्थीहरुले सैघाका विद्यार्थीहरुसँग अन्तत्र्रिmया गर्नुको साथै त्यहाँको सामाजिक भौगोलिक अवस्थाको बारेमा जानकारी लिएका छन् । सैघामा बढ्दै गइरहेको बालविवाहलाई रोक्नका लागि कलेजका विद्यार्थीहरुले विद्यालयका कक्षा ६, ७, ८ र ९ का विद्यार्थीहरुलाई सानैमा विवाह नगर्ने प्रतिबद्धता समेत गराएका थिए । सानैमा विवाह गर्दा त्यसले चौतर्फि प्रभाव पार्ने भन्दै कलेजका विद्यार्थीहरु दिपेश भुसाल, ढकराज सुवेदी, वर्षा बुढाथोकी, वसन्त लम्साललगाएतले विद्यार्थीहरुसँग बालविवाह, मानव अधिकार र बैदेशिक रोजगारलगायतका विषयमा छलफल गर्नुभएको थियो । त्यस अवसरमा कलेज र विद्यालयका विद्यार्थीहरुले आआफ्ना कला प्रतिभाहरु देखाएका थिए । कलेजबाट होडवाङ पुगेका विद्यार्थीहरुले बालविवाहले पु¥याउने असरको बारेमा तयार पारिएको नाटक प्रस्तुत गरेका थिए, भने विभिन्न नृत्यहरु समेत देखाएका थिए । त्यस्तै त्यहाँका विद्यार्थीहरुले पनि नृत्य, गीतलगायतका प्रतिभा प्रस्तुत गरेका थिए ।

त्यस अवसरमा विद्यालयका बालबालिकाहरुका लागि आयोजना गरिएका विभिन्न प्रतियोगितात्मक कार्यक्रममा पुरस्कृत हुनेहरुलाई शैक्षिक सामग्री र झोला समेत वितरण गरिएको थियो । साथै कलेज र विद्यार्थीहरुलाई एकै स्थानमा राखेर योग सम्बन्धी कार्यक्रम पनि गरिएको थियो । विद्यार्थीहरुलाई योग र योगले मानिसको जीवनमा पार्ने प्रभावका बारेमा योगाचार्य रविन्द्र बस्नेतले जानकारी गराउनुभएको थियो । साथै गाउँ सहरको सांस्कृतिक सम्मिलन सम्बन्धी विभिन्न कार्यक्रमहरु पनि गरिएको थियो । घोराहीबाट पैदल गएका कलेजका विद्यार्थीहरुलाई विद्यालयका शिक्षक विद्यार्थीहरुले फूल माला र अविरले स्वागत गरेका थिए, भने भव्य सांस्कृतिक तथा सम्मान कार्यक्रमको आयोजना गरी विदाई समेत गरेका थिए ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post