प्यूठान, चैत २५ । बैशाख ३१ गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि जिल्लामा मतदाता शिक्षा सञ्चालन भएको छ । शुक्रबार मतदाता शिक्षा स्वयंसेवक प्रशिक्षण कार्यक्रमको जिल्ला न्यायाधीश बासुदेव न्यौपानेले उद्घाटन गरेसँगै मतदाता शिक्षा कार्यक्रमको औपचारिक सुरुवात भएको हो ।
जिल्लाका साविकका गाविसहरुमा रहेका सामाजिक परिचालक र महिला स्वास्थ्य स्वंयसेविकाहरुलाई पहिलो चरणमा दुई दिने प्रशिक्षण तालिम आयोजना गरिएको जिल्ला निर्वाचन कार्यालय प्यूठानका जिल्ला निर्वाचन अधिकारी कृष्णबहादुर कुवरले बताउनुभयो । यसपछि पूर्व प्राथमिक शिक्षकहरुका लागि तालिम सञ्चालन गरिने उहाँले जानकारी दिनुभयो ।
तालिम उद्घाटन गर्दै जिल्ला न्यायाधीश न्यौपानले जनताले हालेको अमूल्य मतको सही प्रयोग गराउन सहभागीले भूमिका खेल्नुपर्ने बताउनुभयो । जनतासँग प्रत्यक्ष जोडिएका सामाजिक परिचालकहरुले मतदाताहरुलाई सहज रुपमा मतदान प्रक्रिया सिकाउन सक्ने विश्वास व्यक्त गर्नुभयो ।
प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले विगतको निर्वाचन र अहिले हुन लागेको निर्वाचनमा फरक रहेको भन्दै सहज तरिकाले ग्रामीण क्षेत्रका जनतालाई सिकाउनुपर्ने बताउनुभयो । उहाँले सामाजिक परिचालकहरुलाई दलिय विचारलाई प्रशिक्षण नगर्न आग्रह समेत गर्नुभयो । आफ्नो आस्थामा मतदान गर्ने अधिकार सामाजिक परिचालकलाई रहने भन्दै प्रशिक्षणमा आचारसंहिताभित्र रहन आग्रह गर्नुभयो ।
जिल्लामा दुई नगरपालिका सहित ९ वटा स्थानीय तह रहेका छन् । जिल्लामा १ लाख २७ हजार ४ सय ४४ मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ । कार्यालयमा एघार दल दर्ता भएका छन् ।