मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

अञ्जना चौधरी,
तुलसीपुर, चैत्र २३ । एन प्याव्सन दाङको आयोजना तथा एम म्याथको सहकार्यमा शिक्षकहरुका लागि एकदिने गणित विषय शिक्षण सम्बन्धी तालिम डिभाइन टेम्पल एकाडेमी तुलसीपुरमा सम्पन्न भएको छ । एन प्याव्सन दाङका वरिष्ठ उपाध्यक्ष बिमल गौतमको अध्यक्षता तथा विद्यालय निरिक्षक नारायणप्रसाद पौडेलको प्रमुख आतिथ्यतामा भएको तालिम उद्घाटन कार्यक्रममा बोल्ने वक्ताहरुले धेरै भन्दा धेरै शैक्षिक सामग्रीहरुको प्रयोग गरेर शिक्षण गर्नुपर्नेमा जोड दिएका थिए ।

शैक्षिक सामग्रीको प्रयोगले बालबालिकाहरुको सिकाई उपलव्धीमा बृद्धि हुने समेत बताएका थिए । सो अवसरमा बोल्दै एम म्याथका कार्यकारी निर्देशक एवं प्रशिक्षक दीपक अधिकारीले यो पद्दति अमेरिकामा ७० वर्षदेखि लागु भएको बताउनु भयो । नेपालमा पनि करिव १ सय ५० निजी तथा सरकारी विद्यालयहरुमा एम म्याथ पठनपाठन भइरहेको बताउनुभयो । उहाँले एम म्याथमा धेरै भन्दा धेरै चित्र विधिको प्रयोग गरिने भएकाले बालबालिकाहरुले सजिलै बुझ्ने बताउनुभयो ।

साथै उहाँले एम म्याथले बालबालिकाहरुको दैनिक जीवनमा प्रयोग गरेर सिकाउने भएकाले बालबालिहरु खुसी साथ सिक्ने बताउनुभयो । सो अवसरमा एन प्याव्सन दाङका पूर्व उपाध्यक्ष नरेश आचार्यलगायतकाले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन एन प्याव्सन दाङका उपाध्यक्ष तथा डिभाइन टेम्पल एकाडेमीका प्रिन्सिपल भोजराज न्यौपानेले गर्नु भएको थियो ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post