मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

दाङ, चैत २३ । द्वन्द्वपीडितहरुको सम्झनामा शान्ति निर्माण गर्न लागिएको छ । मानव अधिकार संरक्षण तथा कानुनी सेवा केन्द्र हरप्लेस प्यूठानको पहलमा जिल्लाका द्वन्द्वपीडितहरुको सम्झनामा शान्ति स्मारक निर्माण गर्न लागिएको हो ।

‘स्मारक निर्माणका लागि जग्गा छनौट गरि सिफारिस गरिएको छ ।’ हरप्लेसका जिल्ला कार्यक्रम संयोजक पम्फा पन्तले भन्नुभयो, ‘सदरमुकाम नजिकै स्मारक निर्माणको लागि जग्गा छनौट भएको छ ।’ प्रस्तावित जग्गाहरु मध्ये जग्गा अवलोकन समितिले जग्गाको स्थलगत अध्ययन गरि छनौट गरिएको हो ।

स्मारक निर्माणका लागि स्थानीय शान्ति समिति प्यूठानका संयोजकको संयोजकत्वमा जिल्ला स्तरीय निर्माण समिति गठन गरिएको छ । स्मारक निर्माणका लागि हरप्लेसले चार लाख सहयोग गर्ने र बाँकी रकम अन्य निकायबाट संकलन गरिने कार्यक्रम संयोजक पन्तले बताउनुभयो ।

Abroad Study
«
Next
»
Previous