दाङ, वैशाख ५ । रुकुमका राजनीतिक दलहरुलाई उमेद्वार छान्न सकस परेको छ । अहिलेसम्म कुनै पनि राजनैतिक दलहरुले ५ प्रतिशत भन्दा बढी उमेद्वारको टुंगो लगाउन सकेका छैनन् । आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि उमेदवारको टुंगो लागेको छैन ।
खासगरी ठूला भनिएका दलहरुहरु नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायतका दलहरुले अहिलेसम्म उमेदवारको टुंगो लगाउन सकेका छैनन् । नेपाली काँग्रेस, एमाले र माओवादीमा उमेदबारहरुका फरक फरक आंकाक्षीहरुले गर्दा उमेदवारको टुंगा नलागेको एमाले रुकुमका अध्यक्ष विमलकुमार पुनले बताए ।
कुनै दलमा उमेद्बारका धेरै आकांक्षीहरु, कुनै दलमा क्षेत्रीयता, कुनै दलमा गुटगद विवाद, कुनै दलमा खिचातानी जस्ता कुराहरुले गर्दा उमेदवारको टुंगा नलागेको बताइएको छ । त्यस्तै नेपाली काँग्रेसमा पन टुंगो लाग्न बाँकी रहेको जिल्ला सचिव भीमबहादुर खड्काले जानकारी दिए ।
उता, माओवादी केन्द्रमा पनि एक दुई ठाउँबाहेक अन्य ठाउँमा उमेदवारको टुंगो लाग्न सकेको छैन । एक दुई दिनभित्रै सबै क्षेत्रको टुंगा लाग्ने माओवादी केन्द्रका नेता धनवीर ओलीले बताए । चुनावमा महिला, दलित, जनजाती लगायतलाई मिलाउनुपर्ने भएकोले पनि अलि ढिलो हुन गएको दलका नेताहरु बताउँछन् । तर एक हप्ताभित्रै सबै वडा, नगरपालिका र गाउँपालिकाको टुंगो लाग्ने सबै दलहरुले दाबी गरेका छन् ।
झण्डै १९ वर्षपछि हुन लागेको स्थानीय तहको चुनाव कस्तो र कसो होला भनेर आम रुकुमेलीहरुको कौतुहलताको विषय बनेको छ । लामो अन्तरालपछिको चुनाव भएकोले पनि उमेद्वारहरुको धेरै आकांक्षा भएको दलहरुले बताएका छन् । चोकचोक र चिया चौतारीमा चुनावकै चर्चापरिचर्चा रहेको छ । रुकुम जिल्लामा तीन वटा नगरपालिका र ६ वटा गाउँपालिका गरी ९ वटा स्थानीय तहको संरचना कायम गरिएको छ भने करिब १ सय ४ वडाहरु रहेका छन् ।
अहिलेसम्म रुकुमका एक दुई ठाउँमा बाहेक अन्यत्र ठाउँमा उमेदवारको टुंगो लाग्न सकेको छैन । विभिन्न गाउँपालिका, नगरपालिका र वडामा कसले कति बाजी मार्छ भन्ने सबै दलहरुले आ–आफ्नै दाबी गरिरहेका छन् ।