दाङ, वैशाख ५ । पूर्वी रुकुमको काँक्री गाविसमा सञ्चालित बहुभाषा शिक्षा कार्यक्रम प्रभावकारी देखिएको छ । शैक्षिक सत्र २०७१ देखि सञ्चालन गरिएको बहुभाषा शिक्षा कार्यक्रमले विद्यार्थीको सिकाइदरमा वृद्धि गरेको छ ।
अनिवार्य विषयहरू गणित, विज्ञान र सामाजिकको मगर खाम तथा नेपाली दुवै भाषामा पाठ्यपुस्तक तयार गरी पढाउन थालिएको छ । रुकुमको साविकको दुर्गम गाविस काँक्रीका आठ विद्यालयमा बहुभाषा शिक्षा कार्यक्रम लागू गरिएको हो ।
विद्यार्थीको सङ्ख्यामा वृद्धि
स्थानीय मातृभाषा ‘मगर खाम’ मा अध्यापनसँगै विद्यार्थीको सिकाइदरमा वृद्धि भएको त्रिवेणी माध्यमिक विद्यालय काँक्रीका प्रधानाध्यापक बसन्तप्रसाद थापाले बताए । स्थानीय मातृभाषामा अध्यापन हुने भएपछि विद्यार्थी उपस्थितिदर समेत बढेको उनले जानकारी दिए ।
जिल्ला शिक्षा कार्यालयका अनुसार कक्षा १ को औसत प्राप्ताङ्क दर गणितमा ३४ अङ्कबाट ३६, विज्ञानमा ३३ अङ्कबाट ३६ र सामाजिकमा ३२ अङ्कबाट ३५ पुगेको देखिएको छ । त्यसैगरी, विद्यार्थीको हाजिरी तथ्याङ्कअनुसार गतवर्ष कक्षामा दैनिक ६० प्रतिशत विद्यार्थी मात्र उपस्थिति हुने विद्यालयमा शैक्षिक सत्र २०७३ मा दैनिक ९५ प्रतिशतभन्दा बढी उपस्थिति छ ।
बालमैत्री वातावरण र शैक्षिक सामग्रीको प्रयोग
शिक्षकहरूले कक्षामा बहुभाषा शिक्षणअन्तर्गत स्थानीय मगर खाम भाषाको माध्यमद्वारा बाल केन्द्रित शिक्षण विधि, शैक्षिक सामग्रीको निर्माण तथा प्रभावकारी प्रयोग गर्न थालेका छन् । त्यस्तै, शिक्षक–विद्यार्थीबीच सम्बन्ध विस्तार, कक्षाकोठामा विद्यार्थी बसाइ व्यवस्थापन, अभिभावकको निरन्तर अनुगमन तथा सल्लाहसुझाव सङ्कलन, खेल सामग्री तथा खेल मैदानको व्यवस्थापन पनि गरिएको छ ।
यसले विद्यार्थीको उपस्थिति बढेको र नेपाली भाषा सिक्न सजिलो भएको वराह प्राथमिक विद्यालयका प्रधानाध्यापक देवीप्रकाश पुनमगरले बताए । बालबालिकाले घरमा बोलिने भाषा मगर र विद्यालयमा शिक्षण गराउने नेपाली भाषाबीच भएको फरकले कक्षामा अनुपस्थिति दर बढी हुन्थ्यो । तर, अहिले उनीहरूकै भाषा र नेपाली भाषामा किताब प्रकाशन गरी विद्यालयमा पढाउँदा विद्यार्थीको सिकाइस्तरमा सुधार आएको सिद्धचौर उमावि, लुकुमका प्राचार्य तथा मगर खाम भाषाका अनुवादक रामबहादुर पुनले बताए ।
अभिभावक पनि सचेत बन्न थाले
बहुभाषा शिक्षाले प्राथमिक तहका विद्यार्थीको सिकाइस्तर सुधार हुनुका साथै अभिभावकले विद्यालय आई आफ्ना छोराछोरीको शैक्षिक प्रगति बुझ्न तथा घरमा गृहकार्यमा सहयोग गर्न थालेको युनाइटेड मिशन टु नेपाल ९यूएमएन० रुकुमका वरिष्ठ शिक्षा अधिकृत कुलबहादुर चौधरीले बताए । उनले भने, ‘प्रभावकारी देखिएको बहुभाषा शिक्षा कार्यक्रम जिल्लाका अन्य मगर समुदायकोे गाविसमा समेत सञ्चालन गनुपर्छ ।’
शैक्षिक सत्र २०७१ मा जिल्ला शिक्षा कार्यालय, रुकुमको समन्वयमा यूएमएन रुकुमको आर्थिक सहयोग र मिक नेपाल रुकुमको आयोजनामा काँक्रीका आठओटा विद्यालयका कक्षा १ मा बहुभाषा शिक्षा कार्यक्रम अनुसार स्थानीय भाषामा पठनपाठन थालिएको थियो ।
प्रवीर ददेल /अभियान