वसन्त परियार,
तुलसीपुर बैशाख २ । तुलसीपुर उपमहानगरपालिका वडानम्वर ११ उरहरीमा दुई दिने नेतृत्व विकास तथा पत्रकारिता तालिमको शनिबार समापन गरिएको छ । वडास्तरिय दलित सञ्जालका संयोजक वसन्त परियारको अध्यक्षता तथा समाजसेवि तिलकबहादुर बस्नेतको प्रमुख आतिथ्यता एवं पत्रकार ओपेन्द्र बस्नेतको विशिष्ट आतिथ्यतामा कार्यक्रमको समापन भएको हो ।
सो अवसरमा बोल्दै प्रमुख अतिथि बस्नेतले दलित समुदायमा यस्ता कार्यक्रम अझ बढी आयोजना गर्नुपर्नेमा जोड दिनुभएको थियो । उहाँले पिछडिएको दलित समुदायलाई हरेक क्षेत्रमा सहभागी बनाउन सके मात्र थिचो मिचो कम हुनेमा जोड दिनुभयो । वडास्तरिय दलित सञ्जाल साविक २० को आयोजना तथा उपमहानगरपालिकाको सहयोगमा दलित समुदायका युवायुवतीहरुका लागि उक्त तालिम दिइएको हो ।
तालिममा साविक वडा नम्वर २० का ३० जना दलित समुदायका युवायुवतीहरुको सहभागिता रहेको थियो । तालिम समापन कार्यक्रममा सहभागीको तर्फबाट प्रेम परियार, सुश्मिता नेपालीले बोल्नुभएको थियो । कार्यक्रमको सहजीकरण सामाजिक परिचालक लक्ष्मी चौधरीले गर्नुभएको थियो । तालिमको प्रशिक्षकहरुमा पत्रकारहरु सुशील बस्नेत, ओपेन्द्र बस्नेत रहनुभएको थियो ।