मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

देविराम कुसारी,
गोल्टाकुरी, वैशाख २ । निर्वाचनको मिति नजिकिदै गर्दा शनिबारदेखि गाउँगाउँमा निर्वाचन शिक्षा कार्यक्रम सुरु भएको छ । जिल्ला निर्वाचन कार्यालय दाङबाट निर्वाचन शिक्षा सम्बन्धी तालिम लिएका निर्वाचन शिक्षा कार्याकर्ताले शनिबारदेखि आआफ्नो कार्यक्षेत्रमा शिक्षा कार्यक्रमलाई सुरु गरेका हुन् । बैशाख १ गतेदेखिको नियुक्ति लिएका दाङका निर्वाचन शिक्षा कार्यकर्ताले १ गते विदा परेका कारण शनिबारदेखि काम सुरु गरेको दंगीशरण गाउँपालिकाका निर्वाचन शिक्षा कार्यकर्ताका समन्वयकर्ता देविराम कुसारीले जानकारी दिनुभएको छ ।

दाङ २ उपमहानगरपालिका, एउटा नगरपालिका र ७ वटा गाउँपालिका गरी ७ वटा स्थानीय तहका लागि जिल्लामा ३ सय ४५ जना निर्वाचन शिक्षा कार्यकर्तालाई खटाएको जिल्ला निर्वाचन कार्यालय दाङका सुचना अधिकारी गेहेन्द्र गिरीले जानकारी दिनुभएको छ ।

यसैबीच दंगीशरण २ सिमलकुनाको दलित वस्तीमा निर्वाचन शिक्षा कार्यक्रम सम्पन्न भएको छ । साविक गोल्टाकुरी–७ का वडा नगरिकमञ्चका संयोजक रेखा विकको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा निर्वाचन शिक्षा कार्यकर्ता देविराम कुसारीले निर्वाचन र मतदानको महत्वको बारेमा जानकारी गराउनुभएको थियो । त्यस अवसरमा मतदान कति ठाउँमा गर्ने, कसरी गर्ने, भन्ने बारेमा जानकारी गराउनु भएको थियो ।

साथै कार्यक्रममा मतपत्रमा स्वास्तिक छाप लगाउने तरिका, मतपत्र पट्याउने तरिकालगायतको बारेमा जानकारी गराइएको थियो । जिल्लाका बबई, शान्तिनगर, दंगीशरण, बंगलाचुली, राप्ती, राजपुर र गढवा गाउँपालिकामा शनिबारदेखि नै निर्वाचन शिक्षा कार्यक्रम सुरु गरिएको छ । त्यसैगरी तुलसीपुर उपमहानगरपालिका, घोराही उपमहानगरपालिका र लमही नगरपालिकाका सबै वडामा पनि कार्यक्रम सुरु भएको जिल्ला निर्वाचन कार्यालय दाङले जानकारी दिएको छ ।

यसरी कार्यक्षेत्रमा खटिएका शिक्षा कार्यकर्ताले निर्वाचन र मतदानका बारेमा अन्तत्र्रिmया कार्यक्रम गर्ने, प्रचारप्रसारका लागि प्रचा पम्पलेट टाँस्नेलगायतका काम पनि शनिबारदेखि सुरु गरेका निर्वाचन शिक्षा कार्यकर्ता प्रेमबहादुर वलीले जानकारी दिनुभएको छ । निर्वाचन शिक्षा कार्यकर्ताले आफूले गरेको कामका बारेमा सम्बन्धित गाउँपालिकामा र नगरपालिकाको कार्यालयमा प्रत्येक एक सातामा आफूले गरेको कामको प्रगति प्रतिवेदन बुझाउनुपर्ने जिल्ला निर्वाचन कार्यालय दाङका तालिम संयोजक वेगम केसीले जानकारी दिनुभएको छ ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post