दाङ, बैशाख २ ।
त्रिभुवननगर जेसीजले सप्ताहब्यापी कार्यक्रम सुरु गरेको छ । नयाँ वर्षको सुरुवातसँगै त्रिभुवननगर जेसीज घोराहीले सप्ताहब्यापी कार्यक्रम सुरु गरेको हो ।
शुक्रबार परेको बैशाख १ गतेदेखि नै कार्यक्रम सुरु गरेको जेसीजले सप्ताहअन्तर्गत दोस्रो दिन साहित्यिक कार्यक्रम सम्पन्न गरेको छ । त्रिभुवननगर जेसीज २०१७ का अध्यक्ष दीपक शर्माको अध्यक्षता तथा बरिष्ठ साहित्यकार नारायणप्रसाद शर्माको प्रमुख आतिथ्यता र बरिष्ठ साहित्यकार गिरिराज शर्माको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा १२ जना साहित्यकारहरुले आफ्नो रचना बाचन गरेका थिए ।
कार्यक्रममा कवि तथा साहित्यकारहरु टीका बस्नेत, विष्णु सन्यास, घनश्याम अस्तित्व, तिलक अधिकारी, यमुना पुन, सविना भुसाल, संगीत मगर, पुष्पा केसी, प्रीति प्रतिक्षा, शारदा धिताल, कल्पना खड्का र विष्णु कुशुमले कविता र गजल बाचन गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि बरिष्ठ साहित्यकार नारायणप्रसाद शर्माले अबको साहित्य युग बदल्ने खालको हुनुपर्ने बताउनुभयो । साहित्य साहित्यमा मात्र सीमित हुन नहुने भन्दै उहाँले सिंगो युगलाई परिवर्तन गर्न सक्ने गरी एउटा कवि साहित्यकारले सोच्नुपर्ने धारणा राख्नुभएको छ । कार्यक्रमका विशिष्ठ अतिथि गिरिराज शर्माले साहित्यको क्षेत्रमा महिलाहरुको उपस्थिति पछिल्लो समयमा बढ्न थालेको भन्दै खुसी व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष सविन प्रियासन, पूर्व अध्यक्ष मुकुन्दप्रसाद रञ्जितकारलगायतले जेसीज समाजसेवा, व्यक्तित्व विकाससँगै नेपाली साहित्यका लागि पनि क्रियासिल रहदै आएको भन्दै चर्चा गर्नुभएको थियो । कार्यक्रममा अतिथिहरुलाई मायाको चिनो प्रदान गरिएको थियो, भने कार्यक्रममा रचना बाचन गर्नु हुने सम्पूर्ण साहित्यकारहरुलाई प्रशंसापत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा उपस्थित अतिथिहरुलाई साहित्यिक कार्यक्रम संयोजक नवीन अभिलाषीले गर्नुभएको थियो, भने जेसीजले सुरु गरेको सप्ताहब्यापी कार्यक्रमको बारेमा मुल कार्यक्रम संयोजक रामबहादुर गिरीले जानकारी गराउनुभएको थियो । कार्यक्रमको सहजीकरण महासचिव मुकेश शर्माले गर्नुभएको थियो ।
यसैबीच सप्ताहको पहिलो दिन नयाँ वर्षको अवसर पारेर जेसीजले घोराही तेरौटेस्थित बृद्धाश्रमलाई खाद्यान्न सहयोग गरेको छ । पहिलो दिन घोराहीमा मोटरसाइकल प्रभातफेरी कार्यक्रम पनि गरेको छ । घोराहीस्थित त्रिभुवननगर जेसीजको सचिवालयबाट सुरु भएको प्रभातफेरी घोराही बजार परिक्रमा गरेर बृद्धाश्रममा पुगेर कार्यक्रममा परिणत भएको हो । जेसीजका अध्यक्ष दीपक शर्माको अध्यक्षता तथा नेपाल जेसीजका कार्यकारी उपाध्यक्ष विनोद गौतमको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रम संयोजक टंक रावत अनन्तको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको अवसरमा बृद्धाश्रमलाई १० बोरा चामल सहयोग गरिएको थियो ।