मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

दाङ, बैशाख १२ । 
दाङको राप्ती उपक्षेत्रीय अस्पताल घोराहीले मृगौलाको डाइलासिस सेवा सुरु गरेको छ । अस्पतालले सोमबार घोराहीमा पत्रकार सम्मेलन गरी मृगौलाको डाइलासिस सेवा सुरु गरेको जानकारी दिएको हो ।

डाइलासिसका लागि राप्ती उपक्षेत्रीय अस्पतालले दुई वटा मेसिन भिœयाएको छ । दाङ र यस आसपासका मृगौलाका विरामीहरुलाई सहज रुपले सेवा दिनका लागि अस्पतालले डाइलासिस सेवा सुरु गरेको राप्ती उपक्षेत्रीय अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. जनार्दन पन्थीले जानकारी दिनुभयो । अस्पतालले पहिलो पटक रोल्पाका चन्द्र घर्ती मगर र दाङ मानपुरस्थित टिकाकुमारी राजगुरुको उपचार गरेर सेवा प्रारम्भ गरेको अस्पतालले जानकारी दिएको छ । मृगौलाको डाइलासिस गर्नका लागि जिल्ला बाहिर जानु पर्ने बाध्यता रहदै आएको थियो ।

अस्पतालले सेवा सुरु गरे संगै त्यो समस्या हटेर जाने अपेक्षा गरिएको छ । तर, एक सातामा बढिमा ६ जनालाई मात्र सेवा दिन सकिने अस्पतालले बताएको छ । अस्पतालको स्रोत साधनले हप्तामा ६ जनालाई सेवा दिने गरी निशुल्क रुपमा डाइलासीस सेवा सुरु गरेको डा. पन्थीले बताउनुभयो । अस्पतालका बरिष्ठ कन्सलटेन्ट फिजिसीयन डा. जितनारायण यादव सहितको चिकित्सकको टीमले उपचार सुरु गरेको छ ।

Abroad Study
«
Next
»
Previous