दाङ, बैशाख ११ । बादी महिलाहरुलाई सीप सिकाई आत्मनिर्भर बनाउने उद्देश्यले तीन महिने सिलाईकटाई तालिमको सुरु गरिएको छ । दुर्गा भवानी टोल विकास संस्थाको आयोजना र घोराही उपमहानगरपालिका कार्यालयको सहयोगमा सुरु गरिएको सिलाई कटाई तालिमको सोमबार एक कार्यक्रमको आयोजना गरी उद्घाटन पनि गरिएको छ ।
तालिम उद्घाटन कार्यक्रममा बोल्ने वक्ताहरुले दलित समुदायमा पनि सबै भन्दा पछाडि परेको बादी समुदायको विकासका लागि उनीहरुलाई आत्मनिर्भर बनाउने बाटो नै महत्वपूर्ण रहेको बताएका छन् । लामो समयदेखि राज्यको मुल प्रवाहबाट किनारामा पारिएको बादी समुदाय अहिले गास बास कपास जस्तो आधारभुत अधिकारबाट समेत बञ्चित हुँदै आएको भन्दै बादी समुदायलाई अगाडि पु¥याउने राज्यले नै विशेष कार्यक्रमहरु ल्याउन आवश्यक रहेको उनिहरुको भनाई रहेको थियो । दुर्गा भवानी टोलका अध्यक्ष रन्जीता नेपालीको अध्यक्षता तथा जिल्ला समन्वय समितिका योजना अधिकृत बासुदेब आचार्यको प्रमुख आतिथ्यता र घोराही उपमहानगरपालिकाका सुचना अधिकृत प्रेम केसीको विशिष्ठ आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख आतिथि आचार्यले अहिले दलित समुदायका लागि राज्यले छुट्टै कानुन र कार्याक्रमहरु ल्याएको बताउँदै अब अधिकारहरु स्थानीय तहमा आइपुगेको बताउनुभयो । अधिकार प्राप्तिका लागि बादी समुदायको तर्फबाट पनि सक्रिय भएका लाग्नु पर्ने उहाँको भनाई छ । यस्तै कार्यक्रममा विशिष्ठ अतिथि घोराही उपमहानगरपालिकाका सुचना अधिकृत प्रेम केसीले तालिमलाई बढि भन्दा बढि उपलब्धीमुलक बनाउन आग्रह गर्नुभयो । कार्यक्रमका लागि एक लाख पचास हजार रुपैया बजेट रहेको जानकारी दिदै तालिम लिएर आत्मनिर्भर कसरी बन्न सकिन्छ भन्ने बारेमा योजना बनाउन पनि उहाले आग्रह गर्नुभयो ।
कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालयका उद्योग अधिकृत ओमबहादुर वली, नेकपा माओबादी केन्द्र दाङकी जिल्ला सहईञ्चार्ज पुनम सेर्पाइली, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष रेशम विसी, दलित संघका क्षेत्रीय अध्यक्ष केशव नेपाली, नेपाल पत्रकार महासंघका सहसचिव गोकर्ण पौडेललगायतले बोल्नुभएको थियो । कार्यक्रमको सहजीकरण पत्रकार जनक नेपालीले गर्नुभएको थियो ।