रुकुम चैत २५ । नेकपा एमालेका सबै वटा, गाउँपालिका र नगरपालिकामा भेला सम्पन्न गर्ने अभियानअन्तर्गत विभिन्न वडाहरुमा धमाधम वडा भेलाहरु सम्पन्न भएका छन् । यसैबीच नेकपा एमाले आठविसकोट नगरपालिका वडा नं ७ र ८ को पनि वडा भेलाहरु सम्पन्न भएका छन् ।
नरपालिकाको वडानम्वर ८ मा शशिराम सार्कीको अध्यक्षतामा ३० सदस्यीय वडा कमिटी गठन गरिएको छ । त्यस्तै सोही वडामा मेनुथापा बुढाको अध्यक्षतामा ३२ सदस्यीय अनेमसंघको गठन गरिएको छ । टीकाराम तिरुवाको अध्यक्षतामा २३ सदस्यीय युवा संघ नेपाल र कर्णबहादुर पुनको अध्यक्षतामा ९ सदस्यीय लोकतान्त्रिक आदिवासी जनजाति महासंघको पनि गठन गरिएको छ ।
त्यस्तै वडानम्वर ७ पनि वडा कमिटी गठन गरिएको छ । मने राकायको अध्यक्षतामा १८ सदस्यीय वडा कमिटी गठन गरिएको छ । त्यस्तै सोही वडामा मन्दिरा बुढाको अध्यक्षतामा अनेमसंघको गठन गरिएको छ । उक्त कार्यक्रममा सार्के लुहार, पविता नेपाली, अर्जुन बुढा, विरतम रोकाय, दलजीत नेपाली र कमान सिंहले माओवादी केन्द्र र नेपाली काँग्रेस परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका थिए ।
त्यस्तै आठविसकोट नगरपालिका वडानम्वर १३ को पनि वडा कमिटी गठन भएको छ । बले नेपालीको अध्यक्षतामा १५० सदस्यीय नयाँ कमिटी गठन गरिएको छ । त्यस्तै कृष्णा मल्लको अध्यक्षतामा ४५ सदस्यीय अनेमसंघको गठन गरिएको छ, भने अनन्ते कामीको अध्यक्षतामा २५ सदस्यीय मुक्ति समाज गठन गरिएको छ । त्यस्तै तिलक नारायण मल्लको अध्यक्षतामा २५ सदस्यीय बुद्धिजीवि परिषद गठन गरिएको छ, भने परे नेपालीको अध्यक्षतामा १५ जेष्ठ नागरिक मञ्ज गठन गरिएको छ ।
त्यस्तै हरिबहादुर मल्लको अध्यक्षतामा ६० युवा संघ नेपालको गठन गरिएको छ, भने भिमबहादुर मल्लको अध्यक्षतामा १० अपांग महासंघको गठन गरिएको छ र केशरबहादुर मल्लको अध्यक्षतामा ३५ सदस्यीय सल्लाहकार कमिटीको गठन गरिएको छ । नेकपा एमालेका जिल्ला कमिटी सदस्य सुरजकुमार परियारको प्रमुख आतिथ्यता र युवा संघ नेपालका जिल्ला सचिव विनोद पुनको विशेष आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रममा दलजीत परियारलगायत ५ जनाले माओवादी र काँग्रेस परित्याग गरी एमालेमा प्रवेश गरेको थिए । उक्त कार्यक्रममा विनोद पुन, प्रकाश मल्ल, भुपाल चन्द, चन्द्रबहादुर नेपालीलगायतको आतिथ्यता रहेको थियो । आगामी चुनावमा नेकपा एमालेलाई जिताउन र जनताको काम गर्नका लागि खट्ने पनि निर्णय गरेको छ ।