दाङ, चैत २५ । स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै नेपाली कांग्रेसले आफ्नो जागरण कार्यक्रमलाई तीब्रता दिएको छ । जसअन्तर्गत जिल्लाका विभिन्न स्थानका कार्यक्रमहरु भइरहेका छन् ।
नगर तथा गाउँ समितिहरुले स्थानीय स्तरमा विभिन्न कार्यक्रमहरु आयोजना गर्दै जागरण कार्यक्रमलाई तीब्रता दिएका छन् । यसैक्रममा साविक त्रिपुर नगरपालिका–१ को आयोजनामा शुक्रबार नारायणपुरमा एक कार्यक्रम सम्पन्न भएको छ । नेपाली कांग्रेसका वडा सभापति देवबहादुर वलीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि सांसद अनिता देवकोटाले विकासका लागि कांगेस सधैँ जनताहरुसँग भएकाले विकासका लागि कांग्रेस रोज्न आग्रह गर्नुभयो । २००७ सालदेखि नै समावेशीताका लागि लडेको कांग्रेसले आफ्नो सिद्धान्तलाई यो संविधानमा समावेश गर्न सकेको भन्दै संविधानको कार्यान्वयका लागि स्थानीय तहको निर्वाचन अनिवार्य रहेको देवकोटाको भनाइ छ ।
कार्यक्रमका विशिष्ट अतिथि कांग्रेस दाङका पूर्व सभापति विरकेशरी गौतमले जनताले सबै पार्टीको चरित्र अनुभव गरिसकेकाले स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई नै रोज्ने दाबी गर्नुभयो । बिगतमा कांग्रेस बिरुद्ध हिंसामा उत्रेका पार्टीहरुले अहिले शान्तिको कुरा गरेर भ्रम सिर्जना गरिरहेको भन्दै गौतमले शान्ति र विकास कांग्रेसको प्रमुख मुद्धा भएको धारणा राख्नुभयो । कार्यक्रममा नेपाली कांग्रेस दाङका कोषाध्यक्ष सावित्रा राना, कांग्रेस दाङका निवर्तमान सचिव कमल किशोर घिमिरे, जिल्ला सदस्यहरु निर्मल न्यौपाने, कमल वली, बालिका लम्साल, क्षेत्रनम्वर ३ का उपभापति भगतसिंह भण्डारी, पूर्व क्षेत्रीय प्रतिनिधि सुदिप गौतम, कांग्रेस त्रिपुर नगर सभापति दीपक पाण्डे, शिक्षक संघ दाङका पूर्व अध्यक्ष चिन्ताबहादुर बुढाथोकी, महिला संघ दाङ क्षेत्र नम्वर ३ का अध्यक्ष जानका केसी, थारु नेता चन्द्रप्रसाद चौधरीले मन्तव्य राख्नुभएको थियो ।
क्रियाशील सदस्य गोपालप्रसाद लम्सालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण बुद्धिप्रकाश शर्माले गर्नुभएको थियो । यस्तै घोराही उपमहानगरपालिका वडानम्वर ६ मा नेपाली कांग्रेसको कार्यक्रम सम्पन्न भएको छ । साविक सौडियार गाविस ईकाईको आयोजनामा कार्यक्रम भएको हो । ईकाई सभापति कर्णबहादुर बुढाथोकीको अध्यक्षता एवं पूर्व महासमिति सदस्य भिमप्रकाश खड्काको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कांग्रेस क्षेत्रनम्वर ३ का सदस्य रेखबहादुर वली, क्षेत्रीय प्रतिनिधिहरु कुन्ता सेजुवाल, रेपबहादुर बुढाथोकी, प्रेमबहादुर नेपाली, पूर्णबहादुर रोका, क्रियाशील सदस्यहरु केशव विसी, रेशम अधिकारी, शिवराज पाण्डे, महिला संघका क्षेत्रीय सदस्य गोमा पाण्डेले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा बोल्ने वक्ताहरुले नेपाली कांग्रेसलाई विजयी बनाउनका लागि सबैले गाउँ स्तरबाट भुमिका खेल्नुपर्ने बताएका थिए । उपसभापति धनबहादुर पुनको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण ईकाई सचिव मिनराज अधिकारीले गर्नुभएको थियो ।