दाङ, बैशाख १ । विक्रम संवतको २०७३ बिहीबार सकिएको छ । ०७३ मा मुलुकले केही विशिष्ट व्यक्तिहरुलाई गुमायो ।
माधव घिमिरे
संविधानसभा निर्वाचन सम्पन्न गराउने सरकारमा गृहमन्त्री बनेका पूर्व मुख्य सचिव माधवप्रसाद घिमिरे त्रिशुली नदीमा खसेर बेपत्ता हुनुभयो । मुस्ताङको मुक्तिनाथवाट फर्किदै गर्दा असोजमा घिमिरे सवार जीप त्रिशुलीमा खसेको थियो । अहिलेसम्म पनि उहाँको शव फेला पर्न सकेको छैन् । माओवादी केन्द्रका पूर्व सांसद एवं पूर्व अर्थ राज्यमन्त्री हरि खेवा लिम्बुको पनि धनकुट्टामा भएको बस दुर्घटनामा निधन भयो ।
अमर गुरुड
नेपाली राष्ट्रिय गानका संगीतकार समेत रहेका बरिष्ठ संगीतकार अमर गुरुङको २०७३ जेठ २५ गते निधन भयो । ‘उकाली चढ्दा पसिना पुच्छ्ने तिमी नभए अरु को होला’ लगायत लोकप्रिय गीत गाउनुभएका गुरुङको उपचारका क्रममा निधन भयो । ‘वारी जमुना, पारी जमुना’ गीतका गायक खेम गुरुङको पनि यसै बर्ष निधन भयो ।
आरपी भट्टराई ‘लाजाराम’
नेपालको कलाकारिता क्षेत्रले ‘लाजाराम’ का नामले प्रख्यात हास्यकलाकार आरपी भट्टराईलाई गुमायो । यस्तै ‘माइ लभ’को नामले चिनिले हास्य कलाकार विष्युभक्त फुँयालको पनि यसैवर्ष निधन भयो ।
अनिल अधिकारी यमोबुद्ध
‘यमोबुद्ध’ को नामले परिचित नेपालका चर्चित र्याप गायक अनिल अधिकारीको पनि २०७३ सालमा निधन भयो । उहाँको निधनको कारण नखुले पनि उहाँले आत्महत्या गर्नुभएको थियो । गायक सुनिल बर्देवाको पनि ०७३ मा निधन भयो ।
भक्ति पाण्डे, दुलारी देवी
माओवादी केन्द्रका सांसद भक्ति पाण्डे र एमाले सांसद दुलारी देवीको निधन भयो । ‘चाचा’ को नामले चिनिने पाण्डेको मृगौता रोगका कारण निधन भएको हो भने एमाले सांसद दुलारी देवीको मोटर साइकल दुर्घटनामा निधन भयो ।
चारजना पत्रकारको निधन
२०७३ मा चारजना पत्रकारको निधन भयो । नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष र समाज दैनिकका सम्पादक रहेका मणिराज उपाध्यायको ९४ बर्षमा निधन भयो । नेपाल प्रेस युनियनका सचिव समेत रहेका पत्रकार सूर्यकुमार क्षेत्री, आर्थिक पत्रकार सञ्चय न्यौपाने, कर्ण बोहरा र श्रीलाल साहलाई पनि ०७३ सालले गुमाउनु पर्यो ।
कमलमणि दिक्षीत
साहित्यकार एवं मदन पुरष्कार गुठीका संस्थापक कमलमणि दिक्षीतको ८६ वर्षको उमेरमा १४ पुसमा निधन भयो । साहित्यकार डिल्लीराम निर्भिकको पनि यसै वर्ष निधन भयो ।