दाङ, चैत २६ । नेकपा एमाले घोराही उपमहानगरपालिका वडानम्वर ७ को वडा कार्यालय आज साविक सौडियार–७ सौडियारमा एक कार्यक्रमका बीच उद्घाटन हुने भएको छ । वडा कार्यालयको उद्घाटन नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं पूर्व सुचना तथा सञ्चारमन्त्री शंकर पोख्रेलले गर्ने कार्यक्रम रहेको छ ।
बिहान ८ वजे सौडियारस्थित साझा भवनमा पार्टीको वडा कार्यालय उद्घाटन कार्यक्रम रहेको एमालेले जनाएको छ । यसैबीच नेकपा एमाले घोराही उपमहानगरपालिका वडानम्वर ७ ले एमालेका स्थायी कमिटी सदस्य पोख्रेलको प्रमुख आतिथ्यतामा हुने पार्टीको वडा कार्यालय उद्घाटन कार्यक्रममा उपस्थित हुन सबैमा अनुरोध गरेको छ । वडा कमिटी अध्यक्ष शोभा शाह र सचिव खोपिराम चौधरी र साविक एमाले सौडियारका गाउँ कमिटी अध्यक्ष थुरेन्द्र वलीले संयुक्तरुपमा एक प्रेस विज्ञप्ति जारी गरेर उक्त कार्यक्रममा उपस्थितिका लागि पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता एवं शुभेच्छुक आग्रह गर्नु भएको हो ।