देवेन्द्र भण्डारी,
तुलसीपुर, चैत २३ । पत्रकार प्रकाश डाँगीलाई दंगीशरण गाउँपालिका वडानम्वर २ को वडा अध्यक्षका लागि सिफरिस गरिएको छ । नेपाली कांग्रेसले डाँगीलाई वडा अध्यक्षका लागि सिफारिस गरेको हो ।
बैशाख ३१ गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचन नजिकिएसँगै विभिन्न क्षेत्रमा उम्मेदार छनौट तथा सिफारिस गर्ने कार्य अगाडि बढेको छ । लामो समयपछि हुन थालेको स्थानीय तहको निर्वाचनमा अधिकांस युवाहरु नेतृत्वका लागि अगाडि बढिरहेको बेलामा पत्रकार डाँगीलाई वडा अध्यक्षका लागि सिफारिस गरिएसँगै दंगीशरण गाउँपालिकामा महत्वका साथ हेरिन थालेको छ ।
एक दशकदेखि पत्रकारिता गरिरहनुभएका डाँगीले विभिन्न सामाजिक संघसंस्थामा समेत राम्रो अनुभव बटुल्नुभएको छ । डाँगीसँगै दंगीशरण गाउँपालिका वडानम्वर २ मा वडा अध्यक्षका लागि तुलसीराम देवकोटा, क्षेत्रबहादुर बस्नेत, शरदिन कुसारी र देवबहादुर डाँगीलाई सिफारिस गरिएको छ ।