मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

दाङ, बैशाख ४ । नयाँ वर्षको सुरुवातसँगै त्रिभुवननगर जेसीज घोराहीले सुरु गरेको सप्ताहब्यापी कार्यक्रमअन्तर्गत तेस्रो दिन आइतबार असहाय बालबालिकालाई सहयोग गर्ने कार्यक्रम सम्पन्न गरेको छ । जेसीजले घोराहीस्थित गोरक्ष रत्ननाथ मावि चौघेरामा अध्ययनरत असहाय बालबालिकाहरुलाई शैक्षिक सामग्री सहयोग गरेको हो ।

त्रिभुवननगर जेसीज २०१७ का अध्यक्ष दीपक शर्माको अध्यक्षता एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अशोककुमार घिमिरेको प्रमुख आतिथ्यता तथा विद्यालयका प्रधानाध्यापक शेमलाल मल्ल र शिक्षक अभिभावक संघका अध्यक्ष उमानन्द खनालको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रम संयोजक दिपेन्द्र पुनको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा उपाध्यक्ष माधव पौडेलले आस्था पाठ गराउनुभएको थियो । कार्यक्रमको औचित्यमाथि मुल संयोजक रामबहादुर गिरीले प्रकाश पार्नुभएको थियो । शाखा सम्पादक रविन्द्रनाथ योगीले धन्यवाद ज्ञापन गर्नुभएको कार्यक्रमको सञ्चालन महासचिव मुकेश शर्माले गर्नुभएको थियो ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post