मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

शरद रेग्मी,
तुलसीपुर, चैत २३ । नेपाल नेत्रज्योति संघ दाङ राप्ती आँखा अस्पताल रक्षाचौरको ओपिडि भवन निर्माण हुने भएको छ । अस्पताल परिसरमा रहेको पुरानो ओपिडि भवनमा बिरामीहरुको चाप बढेपछि अस्पतालले नयाँ ओपिडि भवनसहित नयाँ संरचनाका लागि माष्टरप्लान बनाएर काम अगाडि बढाएको राप्ती आँखा अस्पताल रक्षाचौरका वरिष्ठ प्रशासकिय अधिकृत शमशेर थापाले जानकारी दिनुभएको छ ।

अस्पताल परिसरमा निर्माण हुन लागेको ओपिडि भवन निर्माणका लागि क्षेत्र विकास कोषबाट सांसद बुद्धिराम भण्डारीको पहलबाट अस्पताललाई २० लाख रुपैयाँ सहयोग भएसँगै भवन निर्माणको काम अगाडि बढाएको नेपाल नेत्रज्योति संघका सभापति कृष्णकुमार गिरीले जानकारी दिनुभएको छ । माष्टरप्लान अनुसार ओपिडि भवन निर्माणका लागि ५ करोड लागत लाग्ने देखिएको छ । ‘पहिले ३०/४० जना बिरामीहरुलाई मध्यनजर गरी दुई दशक पहिले निर्माण भएको ओपिडि भवन हाल आएर ४ सय बिरामीहरुलाई सेवा दिनुपरेको र सेवा प्रवाहका कठिनाई देखिएपछि ओपिडि भवन निर्माण गर्न लागेको अस्पतालले जनाएको छ ।

त्यसैबीच सांसद भण्डारीसहितको एक टोलीले बुधबार अस्पतालमा पुगी ओपिडि भवन निर्माणको स्थलगत अनुगमन गरेका छन् । सो अवसरमा अस्पतालले निर्माण गर्न लागेको ओपिडि भवन र अस्पतालको माष्टरप्लानको बारेमा छलफल भएको थियो । उक्त अवसरमा अस्पतालका वरिष्ठ प्रशासकिय अधिकृत थापाले दीर्घकालिन योजनाहरुको बारेमा त्यहाँ पुगेको टोलीलाई जानकारी गराउनुभएको थियो ।

सांसद भण्डारीले अस्पतालमा बन्न लागेको भवनमा सो रकमले नपुग्ने भन्दै थप सहयोग गर्ने प्रतिबद्धता जनाएको नेपाल नेत्रज्योति संघका सचिव सुरेन्द्र खड्काले जानकारी दिनुभयो । सो अवसरमा नेत्रज्योति संघका अध्यक्ष कृष्णकुमार गिरी, सचिव सुरेन्द्र खड्का नेपाली कांग्रेसका नेता ध्रुव पुरी, रमेश भण्डारी, एकराज खड्का, शिवराज सिंह ठकुरी, गणेश वली, अस्पतालका बाहेकका कार्यक्रम अधिकृत शालिकराम गौतम, विष्णु खनाललगायतको सहभागीता रहेको थियो ।

करिव पाँच करोडको लागतमा ओपिडि भवन निर्माण गर्ने योजना रहेको बताएको छ । साथै ओपिडि भवन निर्माण सहयोगका लागि स्थानीय सहयोगी मन भएका दाताहरु अस्पतालले खोजेको अस्पतालका सुचना अधिकारी बालाराम खड्काले बताउनुभयो । ‘अस्पतालले अन्य सहयोगी दाताहरु पनि खोजेको छ कोही सहयोगी मन भएका दाताहरु इच्छुक भए
अस्पतालले स्वागत गर्दछ’, खडकाले भन्नुभयो ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post