दाङ, जेठ ११ । जिल्लामा एक वर्षको अवधिमा ८ लाख ९२ हजार ५ सय ३१ किलो सल्लाको खोटो विक्री भएको छ । खोटो विक्रीबाट प्यूठानका वन समूहहरूले ८० लाख ४० हजार ९ सय २२ रुपैयाँ आम्दानी गरेको जिल्ला वन कार्यालयले जानकारी दिएको हो ।
जिल्लाका विभिन्न सय वन समूहले आफ्नो वनबाट खोटो विक्री गर्ने गरेका छन् । प्रतिकिलो औसतमा ९ देखि १० रुपैयाँसम्ममा खोटो विक्री हुने गरेको छ । सो रकम उनीहरूले विद्यालय सञ्चालन, बाटो निर्माण तथा सामुदायिक कार्यका लागि खर्च गर्दै आएका छन् । खोटो विक्रीबाट राम्रो आम्दानी हुने भएपछि यस क्षेत्रमा वन समूह तथा उपभोक्ताको समेत आकर्षण बढेको वन कार्यालयका प्रमुख प्रविण बिडारीले बताए ।
‘खोटो सङ्कलनमा वैज्ञानिक ढङ्ग अपनाउनुपर्ने देखिन्छ,’ उनले भने । जिल्लामा खोटो सङ्कलनमा संलग्न कामदारलाई खोटो निकाल्ने उचित ज्ञान नहुँदा एउटै रुखमा धेरै ठाउँबाट खोटो सङ्कलन गर्ने र उमेर नपुगेका सल्लाका रुखबाट पनि खोटो निकाल्नेजस्ता कार्य हुने गरेका छन् । ‘खोटो सङ्कलनमा ध्यान नदिँदा विभिन्न समस्या आउन सक्छ,’ कार्यालयका रेञ्जर हरि पौडेलले भने, ‘समस्या समाधानका लागि खोटो सङ्कलक श्रमिक र उपभोक्ता समूहहरूलाई प्रशिक्षणसमेत दिएका छौं ।’
जिल्लामा सङ्कलन भएको खोटो कच्चा पदार्थको रूपमै नेपालगञ्ज हुँदै भारतसम्म लैजाने गरिएको छ । ‘खोटोबाट नेपालमा हालसम्म केही पनि बनाइँदैन,’ पौडेलले भने, ‘ खोटोलाई कच्चा पदार्थको रूपमै भारत निकासी गरिन्छ ।’ भारत निकासी भएको खोटोको प्रयोग कस्मेटिक सामग्रीहरू निर्माणमा हुने गरेको कार्यालयले जानकारी दिएको छ । यसका अतिरिक्त खोटोलाई तारपिन तेल र रेजिन तेलको रूपमा पनि प्रयोग गर्ने गरिन्छ ।
प्यूठानमा हाल गणपति रोजिन एण्ड टप्रेन टाइन, खनाल रोजिन एण्ड टप्रेन टाइन, दीपमाला रोजिन एण्ड टप्रेन टाइन, बुढाथोकी रोजिन एण्ड टप्रेन टाइन र माउण्ट रोजिन एण्ड टप्रेन टाइन कम्पनीले खोटो सङ्कलन गर्दै आएका छन् । तर, नियमविपरीत भएका खोटो सङ्कलन भने रोक्नुपर्ने देखिएको छ ।
शमशेर विक्रम जिसी/अभियान