घोराही, जेठ ११ । जिल्लामा छुट मुक्तकमैयाको व्यवस्थापन हुन नसकेको भन्दै बुधबार घोराहीमा आयोजित एक कार्यक्रमका वक्ताहरुले यस विषयमा ध्यान दिन सम्बन्धित निकायलाई आग्रह गरेका छन् । जनउत्थान समाज र सहयोग समाज नेपालद्वारा संयुक्तरुपमा सञ्चालित सहकार्य परियोजनाको बारेमा छलफल गर्न आयोजित कार्यक्रममा बोल्ने वक्ताहरुले यस्तो कुरा बताएका हुन् ।
सहयोग समाज नेपालका अध्यक्ष खोपिराम चौधरीको अध्यक्षता एवं जिल्ला समन्वय समितिका योजना अधिकृत वासुदेव आचार्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उनीहरुले स्थानीय तहमा आउने जनप्रतिनिधि अधिकार सम्पन्न हुने भन्दै छुट मुक्तकमैयाको समाधान स्थानीय तहबाट गर्न सकिने सुझाव दिएका थिए । मुक्तकमैया समाजले जिल्लामा ५ हजार ४६ जना छुट मुक्तकमैया रहेको र उनीहरुको उचित व्यवस्थापन गर्न सरकारसँग माग गर्दै आएको छ ।
सरकारले जिल्लामा १ हजार ४ सय २६ जनालाई मुक्तकमैयाको कार्ड बितरण गरे पनि हालसम्म ७ सय ५ जना पुनस्र्थापित भइसकेका छन् भने बाँकीलाई व्यवस्थापन गर्न सकेको छैन । सो अवसरमा मुक्तकमैया समाजका हरिषचन्द्र चौधरी, सुनेश चौधरी, महिला तथा बालबालिका कार्यालयकी प्रमुख विश्वमणि जोसी, जिल्ला कृषि विकास कार्यालय दाङका तिलक केसी, टेकबहादुर रावतलगायतकाले बोल्नुभएको थियो । कार्यक्रमको सञ्चालन परियोजनाका राजेन्द्र खड्काले गर्नुभएको थियो । सो अवसरमा परियोजनाले हालसम्म गरेका विभिन्न गतिविधिका बारेमा जानकारी गराइएको थियो ।