मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

दाङ, जेठ ११ ।  नेकपा माओवादी केन्द्र दाङले जिल्लाका १० वटै स्थानीय तहका उम्मेदवारको टुंगो लगाएको छ । दुई उपमहानगरपालिका, एक नगरपालिका र सातवटै गाउँपालिकामा उम्मेदवार टुंगो लगाएको माओवादी केन्द्र दाङले जनाएको छ ।

जिल्लाका एक सयवटै वडामा पनि उम्मेदवार टुंगो लगाएको माओवादी केन्द्र निर्वाचन परिचालन समिति दाङका संयोजक निर्मल आचार्यले जानकारी दिनुभएको छ । जसअनुसार माओवादीले बबई गाउँपालिका अध्यक्षमा सुशील खड्का क्षेत्री र उपाध्यक्षमा उर्मिला ओलीलाई अघि सारेको छ । त्यस्तै शान्तिनगर गाउँपालिका अध्यक्षमा नेवबहादुर रोका र उपाध्यक्षको उम्मेदवार राधिका परियार बन्नुभएको छ । त्यसैगरी दंगीशरण गाउँपालिका अध्यक्षमा हिरालाल चौधरी र उपाध्यक्षको उम्मेदवार सीता बस्नेत रहनुभएको छ । तुलसीपुर उपमहानगरपालिकाको प्रमुखमा शेषुराम भण्डारी र उपप्रमुखको उम्मेदवार सीता ओलीलाई बनाइएको माओवादी केन्द्र दाङले जनाएको छ ।

त्यसैगरी माओवादीले घोराही उपमहानगरपालिकाको प्रमुखमा यसअघि नै जीवन गौतमलाई घोषणा गरिसकेको छ, भने उपप्रमुखमा सीता चौधरीलाई अघि सारेको छ । माओवादी केन्द्रले बंगलाचुली गाउँपालिका अध्यक्षमा भक्तबहादुर ओली र उपाध्यक्षमा यमुना घर्तीलाई अघि सारेको छ । त्यस्तै राप्ती गाउँपालिका अध्यक्षमा श्यामेश चौधरी र उपाध्यक्षमा भगवता शर्मा अधिकारीलाई अघि सारेको छ ।

माओवादी केन्द्रले लमही नगरपालिका प्रमुखमा द्रौपदा पौडेल र उपप्रमुखमा कालुराम चौधरीलाई अघि सारेको छ । त्यस्तै राजपुर गाउँपालिका प्रमुखमा श्यामबहादुर झाँक्री र उपप्रमुखमा पुष्पा यादवललाई अघि सारिएको संयोजक आचार्यले जानकारी दिनुभयो । गढवा गाउँपालिकाको अध्यक्षमा लुमाकान्त न्यौपाने र उपाध्यक्षमा रमा चौधरीलाई अघि सारिएको माओवादी केन्द्र दाङले जनाएको छ ।

Abroad Study
«
Next
»
Previous