दाङ, जेठ २ । रुकुम जिल्लाको मुसिकोट नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन् ।
पछिल्लो पटक सार्वजनिक अनौपचारिक मतपरिणाम अनुसार कांग्रेसका मेयरका उम्मेदवार महेन्द्र केसीले २५४२ मत पाएका छन् । माओवादी केन्द्रका उम्मेदवारले २४६८ मत पाएका छन् । एमाले उम्मेदवारले ११५७ मत ल्याएका छन् ।
उपमेयरमा भने माओवादी केन्द्रकी प्रेमकुमारी केसीले २५३२ मत ल्याएकी छन् । कांग्रेसकी बालकुमारी गिरीले २५१३ मत पाएकी छन् । एमालेकी उम्मेदवार केसरी गौतमले १०८२ मत प्राप्त गरेकी छन् ।