दाङ, जेठ २ । प्यूठानमा साना तथा घरेलु उद्योग थपिँदै गएका छन् । वैदेशिक रोजगारबाट फर्किएका युवाले गाउँमै उद्यम व्यवसाय गर्न थालेपछि उद्योग दर्ताको क्रमसमेत बढेको छ । गत आर्थिक वर्षको तुलनामा चालू आवको सोही तेस्रो त्रैमासमा उद्योग दर्ता ५० दशमलव ८८ प्रतिशत बढेको जिल्ला घरेलु तथा साना उद्योग विकास समितिको तथ्याङ्क छ । आव २०७२/७३ मा १ सय ६७ उद्योग दर्ता भएकोमा चालू आवको यो अवधिसम्म ७ सय १७ ओटा उद्योग दर्ता भएका छन् ।
सरकारबाट अनुदानका कार्यक्रम लागू भएसँगै घरेलु तथा साना उद्योग सञ्चालनमा उत्साह बढेको कार्यालय प्रमुख सुनिल शर्माले बताए । घरेलुमा दर्ता भएका फर्म तथा व्यवसायीलाई कर्जा, अनुदान र सरकारी सेवासुविधा पाउन सजिलो हुने भएकाले पनि उद्योग दर्ता गर्नेहरू बढेको उनको भनाइ छ । उनका अनुसार जिल्लामा कृषिमूलक उद्योगअन्तर्गत पोल्ट्री फार्म, बाख्रापालन, गाईपालन, तरकारीखेती, बङ्गुरपालन लगायत क्षेत्रमा उद्यमीको सङ्ख्या बढ्दो छ । सेवामूलक उद्योगमा होटल, कुटानी–पिसानी मिल, फर्निचर उद्योग, प्रेश तथा छापाखाना लगायत उद्योग दर्ता भएका छन् । ‘जिल्लामा कृषि उद्योगको सङ्ख्या बढी छ,’ उनले भने, ‘अहिले युवाहरूमा गाउँमै बसेर अर्थोपार्जन गर्न सकिन्छ भन्ने सोच बढेको छ ।’
जिल्लामा डिजिटल प्रिण्टिङको सेवासमेत थपिँदै गएका छन् । वैदेशिक रोजगारीबाट फर्केका कतिपय युवा कम्प्युटर, प्रेश तथा प्रिण्टिङ व्यवसायमा लागेका छन् ।
जिल्लाको घरेलु तथा साना उद्योगमा निजीक्षेत्रको करीब ८ करोड ९२ लाख लगानी रहेको कार्यालयका सूचना अधिकृत देवराज डाँगीले बताए । जिल्लामा शहरी क्षेत्रसँगै ग्रामीण क्षेत्रमा पनि उद्योग स्थापना हुन थालेको उनको भनाइ छ । जिल्लामा न्यूनतम १ लाखदेखि अधिकतम ६५ लाखसम्म लगानीमा उद्योग स्थापना भएका छन् । उनका अनुसार हाल स्थापना उद्योगबाट करीब ७ सय १६ जनाले प्रत्यक्ष रोजगार पाएका छन् । यद्यपि, जिल्लामा आयातित वस्तुहरूसँग प्रतिस्पर्धा गर्नुपर्दा घरेलु उद्योगी मर्कामा परेको गुनासो छ । आयातित वस्तु सस्तो हुने र स्थानीय सामग्रीको उत्पादन महँगो पर्ने हुँदा अपेक्षित लाभ हासिल नभएकोे उद्यमीहरू बताउँछन् ।
जिल्लाभर औद्योगिक सचेतना फैलाउने खालका कार्यक्रम गाउँ–गाउँमा सञ्चालन भएको छ । यसले साना उद्यम व्यवसायमा युवाहरूको आकर्षण बढेको कार्यालयले बताएको छ । कार्यालयबाट हरेक आर्थिक वर्षमा स्थानीय विपन्न समुदाय तथा उद्योग स्थापना गर्न चाहनेका लागि शीपमूलक तालीमसमेत दिइँदै आएको छ । यस्तो तालीम लिएका अधिकांश महिला अहिले आफ्नै उद्यम गरी स्वरोजगार बनेको कार्यालय प्रमुख शर्माले बताए । अभियानबाट