शरद रेग्मी,
तुलसीपुर, बैशाख २६ । तुलसीपुरमा जारी सरसफाई अभियानको ३८ औं हप्ता आजको सरसफाईको अगुवाई नेपाल पत्रकार महासंघ दाङले गर्ने भएको छ । जिल्लाको विकास र जनसरोकारका विषयमा पत्रकारहरु पनि सँगै छन् भन्ने सन्देश दिन सरसफाईको नेतृत्व गर्न थालेको महासंघ दाङका अध्यक्ष सविन प्रियासनले बताउनु भयो ।
तुलसीपुर उपमहानगरपालिका र तुलसीपुर उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा सुरु भएको क्लिन तुलसीपुर, ग्रीन तुलसीपुर अभियानमा हरेक मंगलबार तुलसीपुर बजारको सरसफाई गरिदै आइएको छ । आज मंगलबार पनि बिहान ७ वजे बिरेन्द्र चोकबाट सुरु हुने सरसफाई अभियानमा सहभागी हुन महासंघ दाङले आग्रह गरेको छ ।
महासंघका कार्यसमितिका पदाधीकारी, प्रदेश तथा केन्द्रीय पार्सद, साधारण सदस्य तथा विभिन्न सञ्चार माध्यममा आवद्ध सञ्चारकर्मीहरुलाई सरसफाईमा उपस्थित हुन अध्यक्ष प्रियासनले आग्रह गर्नुभएको छ ।