मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

दाङ, जेठ २ । गतवर्षको बाढीपहिरोमा घरपरिवारविहीन भएका प्युठानका बालबालिकाका लागि १ वर्षसम्म पुग्ने गरी शैक्षिक सामग्री वितरण गरिएको छ । दोहा कतारमा रहेका प्यूठानीहरूको सहयोगमा स्थापना गरिएको प्यूठान सेवा समाज बालबालिका संरक्षण तथा उद्धार कोषले उक्त सामग्री वितरण गरेको हो ।

गतवर्षको साउनमा एकै ठाउँमा २४ जनाको मृत्यु हुने गरी प्यूठानको फोप्लीमा बाढीपहिरो गएको थियो । उक्त संस्थाले हिमानी बुढाथोकी (बुबाआमा दुवैको मृत्यु), शोभी पुन मगर (अभिभावकविहीन), जीवन पुन मगर (घरबारविहीन), सुनीता परियार (घरबारविहीन), खीमप्रसाद सुवेदी (घरबारविहीन), झगेन्द्र पुन, रामबहादुर घर्तीलगायतलाई शैक्षिक सामग्री वितरण गरेको छ ।

 उनीहरूलाई १ वर्षसम्म पुग्नेगरी झोला, कापी, कलम, विद्यालय पोशाक, जुत्ता, जेमोटिबक्सलगायतका सामग्री वितरण गरेको हो । कोषमा अहिले दोहा कतारमा रहेका प्यूठानी, प्यूठानका अगुवा नागरिकहरू र सञ्चारक्षेत्रका प्रतिनिधिहरूको समेत सहभागिता रहेको छ । कोषलाई यस वर्षको अन्तिमसम्ममा रू १० लाखसम्म पुर्‍याउने र सोही रकमको ब्याजबाट वार्षिक १० जना बालबालिकालाई सहयोग गर्ने लक्ष्य रहेको कोषका अध्यक्ष तथा प्यूठान सेवा समाज दोहा कतारका अध्यक्ष मानबहादुर केसीले बताए ।
अभियानबाट

Abroad Study
«
Next
»
Previous