मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

दाङ, जेठ १२ । जाजरकोटको जुनिचादे  गाउँपालिकाको वडा नं ५ मटेला बस्ने लाले दमाइकी १३ वर्षकी छोरी डिला परियारको चट्याङ लागेर ज्यान गएको छ ।

बिहीबार दिउँसो ४ बजेतिर घर नजिकैको काले खोलामा काफल खाएर घर फर्किने वेला  चट्याङ लागेर डिलाको ज्यान गएको प्रहरीले जनाएको छ ।  डिला सँगै गएका साथीहरु १४ वर्षकी हिरा परियार र १४ वर्षकी मालिका  बस्नेत चट्याङ लागेर घाइते भएका छन् ।

घाइतेको स्थानीय स्वास्थ्य चौकिमा उपचार भैरहेको र उनीहरुको अवस्था सुधारउन्मुख भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । उक्त क्षेत्रमा टेलिफोन विग्रिएकोले शुक्रबार मात्रै खबर प्राप्त भएको हो ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post